दिपलले किन्यो हुन्डाईको चिनियाँ प्लान्ट
काठमाडौं । चांगानले चीनमा रहेको हुन्डाईको प्लान्ट अधिग्रहण गरेको बताइएको छ । बेइजिंग हुन्डाईको चोंगकिंगस्थित कारखानालाई चांगानले खरिद गरेर दिपल ब्रान्डका सवारीसाधनको उत्पादनमा उपयोग गर्ने छ ।
चांगानको उत्पादन क्षमता सीमा नजिक पुगिसकेकाले उसलाई आफ्नो उत्पादन क्षमता बढाउनुपर्ने थियो । द इकोनोमिक अब्जर्भरले प्लान्टको स्वामित्व परिवर्तनबारे सार्वजनिक गरेको केही दिनमा दिपलले यसलाई पुष्टि गरेको हो ।
यो प्लान्ट पहिले बेइजिंग हुन्डाईको पाँचमध्येको एक उत्पादन केन्द्र थियो । सन् २०१५ मा निर्माण सुरु भई २०१७ अगस्तबाट उत्पादन थालेको यो प्लान्ट १८.७ लाख वर्गमिटरमा फैलिएको छ । यसको प्रारम्भिक लगानी १.१ बिलियन डलर रहेको थियो । यसको वार्षिक उत्पादन क्षमता तीन लाख युनिट रहेको छ । तर यो कारखाना २०२१ डिसेम्बरबाट बन्द अवस्थामा रहेको थियो ।
हाल दिपलका इभीहरु नानजिंग र बेइजिंगस्थित प्लान्टमा उत्पादन हुँदै आएको बताइएको छ । नयाँ प्लान्ट थपिएसँगै कम्पनीको उत्पादन क्षमता र बजार प्रभाव विस्तार हुने अपेक्षा गरिएको छ । यो वर्ष अक्टोबर महिनामा दिपल इभीको विक्री अघिल्लो वर्षको तुलनामा ५७.१ प्रतिशतले वृद्धि भएको रिपोर्ट छ ।
चांगानले दिपललाई विश्वभर विस्तार गर्ने लक्ष्य राखेर युरोप र दक्षिण अमेरिकामा आफ्ना मोडलहरु सार्वजनिक गर्दै आएको छ । दिपलको एस०५ र एस०७ भर्खरै जर्मनी, बेलायत, फ्रान्स लगायतका युरोपेली मुलुकमा सार्वजनिक भएको थियो । केही दिनअघि यो ब्रान्ड ब्राजिलमा पनि लन्च गरिएको थियो ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
यामाहा ब्लू स्ट्रीक्सद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई सहयोग
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने
२०८३ भदौं १७ गते बुधबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

