• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ असार २०८३, मङ्गलबार
०२ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • ६ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • ७ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • १२ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १२ घण्टा 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • २४ घण्टा 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • १ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • १ दिन 

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि

जानकारी केन्द्र २०८२, मंसिर, १३

काठमाडौं । “इनर्जी, भिजन, फ्युचर” थिममा सम्पन्न भएको २०२६ डोङफेङ डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले “२०२५ अवार्ड अफ एक्सिलेन्ट ईभी सेल्स” र “२०२५ अवार्ड अफ सर्भिस एक्सिलेन्स” गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा ईभी प्रवर्द्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो। यी अवार्डहरू एमएडब्लू समूहको वातावरणप्रतिको जिम्मेवारी र नयाँ ऊर्जाक्षेत्रको प्रबर्धन गर्ने व्यापक लक्ष्यसँग मेल खान्छ । समूहले नेपाललाई स्वच्छ उर्जाका यातायाततर्फ लैजानका लागि पूर्ण ईभी इकोसिस्टम र आवश्यक पूर्वाधार निर्माण गर्न लागिपरेको छ। ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदुषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रुपमा आफ्नो पहिचान बनाएको बताएको छ।

एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १२५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ, जुन न्यू इनर्जीको क्षेत्रमा उल्लेखनीय उपलब्धि हो। यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ। यसले स्मार्ट फिचर भएका गाडीप्रति ग्राहकको विश्वास र माग बढेको देखाउँछ। कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ। यसले उपभोक्ताका लागि अझ धेरै ईभीको छनोटहरू उपलब्ध गराएको छ। देशभर रहेका १२ वटा बिक्री केन्द्रले ग्राहकलाई ईभीबारे बुझ्न, यसलाई प्रत्यक्ष अवलोकन गर्न र ढुक्क भएर न्यू इनर्जी गाडी रोज्न सहज वातावरण बनाइदिएको छ।

एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण सर्भिस एक्सिलेन्स अवार्ड प्राप्त गरेको हो। एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन्। यसको ग्राहक सन्तुष्टि दर ९२ प्रतिशत छ र २४/७ हेल्पलाइन मार्फत यसले एकदम छिटो सहायता उपलब्ध गराउँछ। यसको सेवा प्रणालीमा पिक–एण्ड–ड्रप, रोडसाइड असिस्टेन्स तथा अफरोड सेवा जस्ता सुविधा भएकोले ग्राहकहरूले जुनसुकै स्थानबाट सहयोग लिन सक्छन्। यी सबै सुविधाहरूले गर्दा एमएडब्लू वृद्धि गाडी बिक्रीपछि पनि ग्राहकहरूसँग दीर्घकालीन विश्वास र सम्बन्ध कायम गर्न सफल रहेको छ।

कम्पनीको ब्रान्ड दृष्टिकोण स्टेक होल्डरको कदर, नेतृत्वदायी क्षमता र कम्पनीको उद्देश्यमा मानिसहरूको विश्वास जस्ता तीन मुख्य कुराहरूमा आधारित छ। स्वच्छ ऊर्जा, पूर्वाधारमा लगानी र ग्राहकलाई प्राथमिकतामा राख्ने सेवा प्रणालीका कारण स्टेक होल्डरहरूले यस ब्रान्डमा भरोसा राखेका छन्।

यी सम्मान र निरन्तरका पहलहरूमार्फत, एमएडब्लू वृद्धि मोटर्सले नेपालका लागि एक दिगो र प्रगतिशील भविष्य निर्माण गर्ने जिम्मेवार नेतृत्वको रूपमा आफ्नो पहिचानलाई अझ बलियो बनाउँनेछ।

यसै सन्दर्भमा समूहका अध्यक्ष  विष्णु कुमार अग्रवालले भने, “हामी नेपालमा वातावरणमैत्री गाडीहरू ल्याउन निरन्तर काम गर्नेछौँ ,यसले आयातित इन्धनप्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ, र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ। ग्राहकको सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको केन्द्रमा रहनेछ।”

  • ev
  • इभि
  • इलेक्ट्रिक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

ताजा

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.