रेडियन्ट रिडर्स एकेडेमीको ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ सम्पन्न, २८ विद्यार्थी सम्मानित
काठमाडौँ । ललितपुरको सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले मंसिर १४ गते (आइतबार) विशेष समारोह आयोजना गरी ‘रेडियन्ट स्टार सेरेमोनी कम कल्चरल डे २०८२’ कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा कक्षा २ देखि कक्षा १० सम्मका विद्यार्थीहरूले विभिन्न प्रस्तुति मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।
कार्यक्रममा प्रि-स्कुल स्टार क्याटेगरी, जुनियर स्कुल स्टार क्याटेगरी, सिनियर स्कुल स्टार क्याटेगरी र कविता वाचन स्टार क्याटेगरी गरी चार विधामा नृत्य र गायन प्रस्तुत गरिएको थियो।
गायिका कुन्ती मोक्तान कार्यक्रमका प्रमुख अतिथिको रूपमा उपस्थित भई विद्यार्थीहरूले प्रारम्भिक उमेरदेखि नै आफ्ना प्रतिभा प्रदर्शन गर्ने अवसर पाएकोमा विद्यालयलाई धन्यवाद दिइन्।

उनले यस किसिमको मञ्चले विद्यार्थीहरूको भविष्यमा नेपाली सङ्गीत, नृत्य र अन्य सृजनात्मक क्षेत्रमा योगदान पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरिन्। कार्यक्रममा प्रमुख अतिथिलाई नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको सम्मानस्वरूप नगदसहित सम्मान गरिएको थियो।
विद्यालयका प्रधानाध्यापक डीके ढुङ्गानाले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्फुटन गर्न यस्ता अवसरहरू निरन्तर प्रदान गरिने बताए। साथै, उनले विद्यार्थीहरूले जे गर्छन् त्यसलाई उत्कृष्ट तरिकाले गर्नुपर्नेमा जोड दिए।
समारोह करिब साढे ३ घण्टासम्म सञ्चालन भएको थियो र विभिन्न विधामा २८ जना विद्यार्थीहरूलाई स्टार विद्यार्थीको रूपमा सम्मानित गरिएको थियो।
सम्बन्धित समाचार
ब्ल्याकंडेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
सेप्टेम्बरमा लिपमोटरको १ लाख ५ हजार ६५६ युनिट डेलिभरी, विश्वव्यापी कीर्तिमान कायम
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

