कोटेश्वर चोक सुधारका लागि नेपाल–जापानबीच ३१ अर्बभन्दा बढी ऋण सम्झौता
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
जापानले ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराउने भएको छ। जाइकामार्फत उपलब्ध हुने ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष तथा वार्षिक ०.२ प्रतिशत ब्याजदर तय गरिएको छ।
आयोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउनसाथ उपत्यकाको भीडभाड न्यूनीकरणमा ठूलो योगदान पुर्याउने अपेक्षा छ। परियोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन हुनेछ।
ऋणसम्बन्धी एक्स्चेन्ज अफ नोटमा अर्थसचिव डा। घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे।
ऋण सम्झौतामा सहसचिव डा.धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा जाइकाका प्रतिनिधि, जापानी राजदूत तथा अर्थमन्त्री खनालले नेपाल–जापान सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जापानी राजदूत मायदा तोरुले कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयन भएपछि उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गरे।
अर्थमन्त्री खनालले पनि परियोजना राजधानीको जामयुक्त स्थानको दीर्घकालीन समाधानका लागि महत्त्वपूर्ण कदम हुने भन्दै जापानसँगको मित्रता र सहकार्यका लागि धन्यवाद व्यक्त गरे।
सम्बन्धित समाचार
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न
टिभिएसको दुबई सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय अवार्ड, आफ्टर–सेल्स सेवामा नेपालको उत्कृष्टता
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
