नेपालगञ्ज–दिल्ली सिधा उडान सुरु गर्ने आग्रह, निजी क्षेत्रद्वारा प्रधानमन्त्रीलाई २१ बुँदे ज्ञापन
काठमाडौं । नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सुरु गर्न निजी क्षेत्रले सरकारले तत्काल पहल गर्नुपर्ने मांग गरेको छ। आइतबार नेपालगञ्जमा आयोजित कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि यो उडानका लागि पहल भइरहे पनि कार्यान्वयन नहुँदा क्षेत्रको विकास प्रभावित भएको बताए।
धामीका अनुसार सिधा हवाई उडान सुरु भए व्यापार, उद्योग तथा पर्यटन क्षेत्रमा ठूलो सम्भावना खुल्नेछ। उनले उडानका लागि आवश्यक पूर्वाधार नेपालगञ्ज विमानस्थलमा उपलब्ध रहेको भन्दै अब सरकारबाट नीतिगत तथा कार्यान्वयनका कदम मात्र आवश्यक रहेको उल्लेख गरे।
अर्थमन्त्री खनालले वर्तमान सरकार विशेष परिस्थितिमा बनेकाले धेरै कामहरू चाहना भए पनि गर्न नसकिएको बताए। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि मात्र स्थायी सरकार बन्ने उल्लेख गर्दै उनले अहिलेको सरकार तीन महिनाका लागि मात्रै रहेको धारणा राखे।
“हामी राजनीतिक स्थिरता बिगार्ने वा निर्वाचन प्रक्रियामा प्रभाव पार्ने कुनै काम गर्दैनौं,” उनले भने।
नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले भन्सार दर घटाउन आग्रह गर्दै तस्करीका कारण व्यवसायीहरू आहत भएको बताए। अध्यक्ष धामीले पनि रुपैडिहा नाकाबाट ठूलो परिमाणमा भन्सार चुहावट हुने गरेको बताउँदै नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक रहेको उल्लेख गरे।
सङ्घले सिधा उडानसहित आर्थिक, भन्सार, व्यापार र पूर्वाधारसम्बन्धी विभिन्न विषय समेटिएको २१ बुँदे ज्ञापनपत्र प्रधानमन्त्रीको नाममा बुझाएको जनाएको छ।
सम्बन्धित समाचार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
“अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३” को प्लेटिनम प्रायोजकमा थपिए नेपाल ट्रेड होस्ट र शलोम एग्रिकल्चर
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
यस दशैंमा शुद्ध पानी र स्वस्थ जीवनशैलीको सन्देश दिँदै केन्ट आरओ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
