ईभी पिकअप रिडारामा ८० प्रतिशत सम्म फाइनान्स सुविधा, एक्सचेन्जमा ३ लाखसम्मको टप-अप लाभ
काठमाडौं । नेपालकै नम्बर १ ईभी पिकअप ब्रान्ड दाबी गरिएको रिडाराले विद्युतीय सवारीलाई अझ सहज र पहुँचयोग्य बनाउन सीमित अवधिका लागि विशेष अफर सार्वजनिक गरेको बताइएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले ८० प्रतिशत सम्म फाइनान्स सुविधा र एक्सचेन्जमा ३ लाख रुपैयाँ सम्मको टप-अप लाभ प्राप्त गर्न सक्नेछन्।
यसै अवसरमा रिडाराले ‘टेस्ट ड्राइभ, फिल थ्रिल, अल डे’ क्याम्पेन सञ्चालन गरिरहेको छ, जहाँ ग्राहकहरूले पूरैदिनको टेस्ट ड्राइभ मार्फत रिडारा ईभी पिकअपको प्रदर्शन, आराम र वास्तविक ड्राइभिङ अनुभव नजिकबाट अनुभूत गर्न सक्नेछन् ।
नेपालको विविध भौगोलिक बनोटलाई ध्यानमा राखेर डिजाइन गरिएको रिडारा ईभी पिकअपमा उच्च ग्राउन्ड क्लियरेन्स, फराकिलो इन्टेरियर र अत्याधुनिक इलेक्ट्रिक टेक्नोलोजी समावेश गरिएको कम्पनीले बताएको छ।
रिडाराको टुडब्लुडी भेरिएन्ट सहर र हाइवे ड्राइभका लागि स्मुथ र किफायती छ भने फोरडब्लुडी भेरिएन्टले कठिन भूभाग तथा अफरोड यात्रामा थप ट्रयाक्सन र नियन्त्रण सुनिश्चित गर्छ ।
यस अफर अन्तर्गत नगद छुट, १ वर्ष निःशुल्क रोड ट्याक्स, १ वर्ष निःशुल्क बिमा, सजिलो फाइनान्सिङ सुविधा तथा निश्चित एक्सचेन्ज भ्यालुएसन पनि समावेश गरिएको कम्पनीले जनाएको छ ।
यो विशेष अफर देशभरका सबै रिडारा शोरुमहरुमा सीमित अवधिका लागि उपलब्ध रहेको कम्पनीले बताएको छ ।
सम्बन्धित समाचार
पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन
लिपमोटरको प्रिमियम एसयूभी बी०३ एक्स प्रो म्याक्स नेपालमा सार्वजनिक : पहिलो १०० ग्राहकलाई रु. ४४.९९ लाखको विशेष अफर
नाइमा नेपाल मोबिलिटी २०२६ मा डोङफेङका विद्युतीय बस सार्वजनिक हुने : अटो एक्स्पोमा बुकिङ गर्दा विशेष छुट
सार्वजनिक सडक विधेयकमा ट्रक व्यवसायी महासंघको ध्यानाकर्षण, पाँच लाख जरिवाना संशोधन गर्न माग
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ अघि नै काठमाडौंमा देखियो चेरी क्यु
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

