कुमारी बैंकले ल्यायो ग्रीन हायर पर्चेज कर्जा
काठमाडौं । दिगो विकासका लक्ष्यहरु प्राप्तिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्ना प्रडक्ट, प्रक्रिया तथा पार्टनरशिप मार्फत टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रीन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याइएको जनाएको छ।
दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ्गको नियमित अभ्यास गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न प्रतिबद्ध यस बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट जस्ता संस्थाद्वारा व्यवस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजना अन्र्तगत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो।
यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरुले विद्युतीय बस तथा माइक्रो बस खरिद गर्न बैंकबाट कर्जा लिंदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने शुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरु समेत पाउने छन्।
त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरु सञ्चालन गरिरहेका व्यक्तिहरुले आफ्ना सवारी साधनहरुलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिनेछ। यसका लागि ऋणिहरुले परियोजनामा आवद्ध सवारी साधन आपुर्तिकर्ताहरुबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित कुमारी बैंकको शाखामा सम्पर्क गर्नुपर्नेछ।
यस योजना अन्तर्गत समावेश गरिएका अनुदानहरुले ऋणिहरुको शुरुवाती पूँजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतीय सवारी साधनको प्रयोगसँगै प्रदूषण समेत कम गर्न सकिने जस्ता बहुआयामिक लाभहरु प्राप्त हुने बैंकका दिगो बैकिङ्ग विकास विभागका प्रमुख अर्पण पौडेलले बताए।
विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु तथा ३१७ एटिएम मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

