• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’

सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. एमएडब्लु वृद्धिद्वारा नेपालगन्जमा अत्याधुनिक डोङफेङ र दिपल शोरुमको उद्घाटन

विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

काठमाडौँ । अन्तरप्रादेशिक सवारी रुट इजाजतसम्बन्धी विवादमा सर्वोच्च अदालतको अन्तरिम आदेश हुँदाहुँदै पनि समस्या समाधान नभएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ। यातायात व्यवस्था विभागले शुक्रबार जारी गरेको निर्णयले मूल समस्या सम्बोधन नगरेको र महासंघलाई बोधार्थसमेत नदिई पत्राचार गरिएको भन्दै महासंघले मानहानीसम्बन्धी मुद्दा अदालत लैजाने चेतावनी दिएको छ।

महासंघका अनुसार संघीय र प्रदेश सरकारबिच अन्तरप्रादेशिक सवारी रुट इजाजतको अधिकार र कार्यान्वयनमा देखिएको विवाद अनुमति नलिएका सवारी साधनका कारण नभई विधिवत् रूपमा अनुमति लिइसकेका र अनुमति अवधि बहाल नै रहेका सवारीमाथि गरिएको कारबाहीका कारण उत्पन्न भएको हो। अनुमति कायम रहँदासमेत कारबाही हुन थालेपछि महासंघले यसलाई असंवैधानिक र कानुनविपरीत ठहर गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेको थियो।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले २०८० भदौ ७ गते अन्तरिम आदेश जारी गरेको थियो। आदेशमा यातायात व्यवस्था विभागले २०८० जेठ ७ गते जारी गरेको पत्र तत्काल कार्यान्वयन नगर्न स्पष्ट निर्देशन दिइएको थियो। अनुमति प्राप्त सवारी साधनको रुट इजाजत अवधि बाँकी रहँदासम्म कारबाही गर्न नपाइने सामान्य कानुनी सिद्धान्तअनुसार अदालतले व्यवसायीलाई अन्तरिम सुरक्षा दिएको महासंघको भनाइ छ।

तर अदालतको आदेशपछि पनि विभिन्न स्थानका ट्राफिक प्रहरी कार्यालयहरूले अनुमति प्राप्त अन्तरप्रादेशिक मालवाहक सवारीमाथि कारबाही जारी राखेको महासंघले जनाएको छ। महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार यसले व्यवसायीहरूलाई अनावश्यक जरिवाना, आर्थिक भार र मानसिक प्रताडनामा पारेको छ।

यही विवादको सिलसिलामा यातायात व्यवस्था विभागले २०८२ मंसिर ४ गते निर्णय गर्दै अन्तरप्रादेशिक सवारी रुट इजाजतसम्बन्धी विषयमा गण्डकी पोखरा, सुर्खेत र बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयलाई पत्र पठाएको बताइएको छ। विभागले अन्तरप्रादेशिक सवारी रुट इजाजत जारी गर्ने अधिकार संघीय सरकारअन्तर्गत पर्ने उल्लेख गर्दै साविकमा प्रत्यायोजन गरिएका अधिकार खारेज गरिएको जनाएको छ। साथै, विभाग मातहत सवारी परीक्षण कार्यालय नरहेका मधेश, गण्डकी र कर्णाली प्रदेशमा देखिएको कठिनाइलाई ध्यानमा राख्दै अर्को व्यवस्था नभएसम्म पुरानै परिपत्रअनुसार कार्य गर्न अनुरोध गरिएको छ।

तर महासंघले विभागको उक्त निर्णयले समस्या पूर्ण रूपमा समाधान नगरेको दाबी गरेको छ। महासचिव बानियाँले विभागले निर्णय जारी गर्दा महासंघलाई बोधार्थसमेत नदिएकोप्रति आपत्ति जनाउँदै यसलाई गम्भीर त्रुटि भएको बताए। उनका अनुसार अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महासंघजस्तो प्रत्यक्ष सरोकारवाला संस्थालाई बोधार्थसमेत नदिनु गल्ती स्वीकारजस्तै हो।

“समस्या समाधान भइसकेको छैन। हामीले उठाएको मूल विषयलाई छुनसमेत खोजिएको छैन,” महासचिव बानियाँले भने, “महासंघलाई बोधार्थ नदिई निर्णय सार्वजनिक गर्नु आपत्तिजनक छ। यस विषयमा आइतबार छलफल गरेर थप पहल गर्नेछौँ, आवश्यक परे मानहानीसम्बन्धी मुद्दासमेत अदालतमा अघि बढाउँछौँ।”

महासंघले संघीय र प्रदेश सरकारबिच देखिएको अधिकारको अन्योलका कारण व्यवसायीहरू अनावश्यक पीडामा परेको उल्लेख गर्दै सर्वोच्च अदालतको अन्तरिम आदेश पूर्ण रूपमा कार्यान्वयन गर्न पुनः माग गरेको छ।

  • jankari kendra
  • jankarikendra
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय

२०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

२०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

ताजा

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

हालैका पोस्टहरू

  • ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
  • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
  • नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन
  • आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2025 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.