संयुक्त राष्ट्रसंघका सहायक महासचिव काठमाण्डुमा, आजदेखि भेटवार्ता
संयुक्त राष्ट्रसंघका सहायक महासचिव अतुल खेर तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । गएराती काठमाडौं आइपुगेका संयुक्त राष्ट्रसंघका सहायक महासचिव अतुलले आजदेखि भेटवार्ता गर्नेछन् ।
राष्ट्रसंघको शान्ति सेना हेर्ने प्रमुखका रुपमा उनी रहेका आएका हुन् । तीन दिने नेपाल बसाइका क्रममा सहायक महासचिव खेरले राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रधानसेनापति, नेपाल प्रहरीका आईजीपी र सशस्त्रका आईजीपीलगायत सरकारी उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । दिउँसो ४ बजेपछि प्रधानमन्त्रीको सरकारी निवासमा तय गरिएको भेटवार्तामा नेपालमा चलिरहेका शान्ति प्रक्रिया, द्वन्द्वसँग जोडिएका मुद्दाका विषयमा छलफल हुनेछ ।
द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिकका रुपमा नेपाली सेना छैटौं स्थानमा रहेर विभिन्न मुलुकमा आफ्नो उपस्थिति जनाउँदै आएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

