प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ?
काठमाडौं । देशभर आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताको संख्या १० लाख १६ हजार ७ सय ५४ ले वृद्धि भएको छ। सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले यो जानकारी दिएका हुन्।
उनका अनुसार हाल प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दर्ता भएका दलको संख्या ११४ पुगेको छ। गत २०७९ सालको निर्वाचनमा ८७ दलले निर्वाचनमा भाग लिएका थिए। आयोगले दलको संख्या बढेसँगै निर्वाचनमा प्रतिस्पर्धा बढ्ने अनुमान पनि गरेको छ।
भट्टराईले निर्वाचनमा प्रयोग हुने ५१ प्रकारका सामग्री पहिचान गरिसकेको जानकारी दिए। तीमध्ये ३७ वटा सामग्री जिल्लास्तरबाट खरिद गरिने र बाँकी १४ वटा मात्र आयोगले खरिद गर्ने गरी काम भइरहेको छ। उनले भने, “मतपेटिका र मसीको मौज्दात पर्याप्त भएकाले अन्य सामग्री नपुग्ने अवस्थामा मात्र खरिद प्रक्रिया अघि बढाइन्छ। यसले स्रोतको बचत गर्दै मितव्ययी रूपमा निर्वाचन सम्पन्न हुने अपेक्षा गरिएको छ।”
मतदाता नामावलीको अन्तिम प्रकाशन पुस १५ मा हुने जनाउँदै उनले विदेशी र अन्तरजिल्ला मतदानको तयारी समेत भइरहेको जानकारी दिए।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

