क्रिकेट खेलाडी धामी बिज एजुकेशनका ब्रान्ड एम्बासडर
काठमाडौं । क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ । उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो ।
क्रिकेटर धामी र बिज एजुकेशनका संस्थापक तथा प्रबन्ध निर्देशक हरि कार्कीले सोमबार सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रबन्ध निर्देशक कार्कीले यो साझेदारी केवल ब्रान्ड प्रवद्र्धनका लागि नभइ युवाहरूको दीर्घकालीन विकास र जिम्मेवार मार्गदर्शनका लागि भएको उल्लेख गरे । उनले नेपालमा क्रिकेट खेलमा उल्लेखनीय विकास भएको बताए ।
खेलकुद र शिक्षाबीचको सम्बन्धबारे चर्चा गर्दै प्रबन्ध निर्देशक कार्कीले खेलकुदले अनुशासन, नेतृत्व, धैर्यता र आत्मविश्वास निर्माण गर्ने बताए । बिज एजुकेशनले खेल, कला र शिक्षालाई एउटै प्लेटफर्ममा जोड्दै आएको उनले जानकारी दिए।
ब्रान्ड एम्बासडर धामीले बिज एजुकेशनप्रति आभार व्यक्त गर्दै शिक्षा मात्र होइन, खेलकुद र युवाको समग्र भविष्यमा लगानी गरिरहेको संस्थासँग आबद्ध हुन पाउनु खुसीको कुरा भएको बताए । खेल र अध्ययन सँगसँगै अघि बढाउन सकिने उनको भनाइ थियो ।
सम्बन्धित समाचार
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार

