०४ फागुन २०८२, सोमबार
  • समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य

सरकारी कार्यालयहरुले ५३ लाख बिद्युत महसुल तिर्न बाँकी

रौतहट स्थित सरकारी कार्यालयहरुमाथि विद्युत महशुल बक्यौता ५३ लाख भन्दा बढी रहेको विद्युत प्राधिकरण शाखा गौर जनाएको छ । आर्थिक वर्ष २०७२÷०७३ को असार मसान्तसम्म सरकारी कार्यालयहरु माथिको बक्यौता कुल ५३ लाख ४१ हजार ९ सय ६२ रुपैया रहेको प्राधिकरण शाखा जनाएको छ । जिल्ला भरिको सरकारी कार्यालयहरुमा सबभन्दा बढी विद्युत महशुल बक्यौता स्वास्थ्य मन्त्रालय अन्तर्गतको सरकारी अस्पताल, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकी माथि रहेको छ । स्वास्थ कार्यालयहरुमा मात्रै १७ लाख ५७ हजार १ सय रुपैया तिर्न बाकि रहेको छ । यस्तै दोश्रो नम्बरमा शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा कार्यालय र विद्यालयहरुमा रहेको छ । सो कार्यालयहरुमा कुल १३ लाख १६ हजार ५ सय ५८ रुपैया बाकी रहेको देखिएको छ । यस्तै स्थानिय विकास मन्त्रालय अन्तर्गतको जिविस, गाविस कार्यालयहरुमा १२ लाख ३६ हजार १ सय ५९ रुपैया, कृषि मन्त्रालय अन्तर्गतको पशु कार्यालय, कृषि कार्यालय, साना किसान कृषि सहकारी संस्थाहरुमा २ लाख १९ हजार ५ सय ९४ रुपैया, वन तथा भु संरक्षण मन्त्रालय अन्तर्गतको कार्यालयहरुमा २ लाख १ हजार ४४ रुपैया, गृह मन्त्रालय अन्तर्गतको कार्यालयहरुमा ३ लाख ६१ हजार ३ सय २६ रुपैया, रक्षा मन्त्रालय अन्तर्गतके कार्यालयहरुमा ३२ हजार ५ सय रुपैया, अर्थ मन्त्रालय अन्तर्गत भन्सार कार्यालयमा ११ सय ३५ रुपैया, भुमि सुधार मन्त्रालय अन्तर्गतके नापि, मालपोत कार्यालयहरुमा ५५ हजार ३ सय ७६ रुपैया, कानुन तथा न्याय मन्त्रालय अन्तर्गत बार एसोसिएशन कार्यालयमा ४७ हजार ५ सय ४० रुपैया, यातायात मन्त्रालय अन्तर्गतको कार्यालयहरुमा ८९ हजार ७ सय ८६ रुपैया, सिंचाई मन्त्रालय अन्तर्गतको कार्यालयहरुमा १२ हजार ७ सय ६९ रुपैया, सुचना तथा संचार मन्त्रालय अन्तर्गतको कार्यालयहरुमा १० हजार ८ सय ३८ रुपैया र जनसंख्या तथा वातावरण मन्त्रालय अन्तर्गतको जल तथा मौसम विभाग पौराइको २ सय ३१ रुपैया तिर्न बाकि रहेको प्राधिकरण शाखा जनाएको छ । उर्जा राज्यमन्त्री सत्य नारायण भगत सदरमुकाम गौर स्थित एक कार्यक्रममा बिद्युत महसुल तिर्न बाँकी रहेकाहरुको लाइन काटिने घोषणा गरेका थिए । उनकै गृह जिल्ला स्थित सरकारी कार्यालयहरु माथि यति धेरै बिद्युत महसुल बाँकी रहेपछि अब यस प्रति उनको रणनिति के हुने हो चासोको बिषय बनेको छ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
कस्तो छ आजको मौसम पूर्वानुमान ?
निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर
सन्तोष खत्री र निशा के.सी. को आवाजमा ‘ शिव भन्दा भन्दै’ सार्वजनिक

लोकप्रिय

मतदाता नामावलीमा आफ्नो नाम कसरी हेर्ने ?

२०८२ माघ २८ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ माघ २९ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ फागुन ०३ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन ०२ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ फागुन ०५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार

आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ फागुन ०५ गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल
  • नेप्से परिसूचक ८ अंकले घट्यो, करिब ८ अर्बको कारोबार
  • आउँदो बुधबार र बिहिबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?
  • राष्ट्रिय चरणतर्फ प्रवेश गर्दै ग्लोबल म्याथ डिबेट लिग

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.