बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरि २०८२ भाद्र १ देखि २०८२ कार्तिक मसान्तसम्म संचालन गरेको ग्राहक उपहार योजना “चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” को बम्पर उपहार बिजेता घोषणा गरेको छ। कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काको बिशेष उपस्थितिमा एक कार्यक्रमका बिच उहाँकै हातबाट लक्की ड्र कुपन मार्फत बिजेताको घोषणा गरिएको हो।
२०८२ पुष ७ गते घोषणा गरिएको यस बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरिन्। यसका साथै अन्य ग्राहकहरुले पनि विभिन्न उपहारहरु प्राप्त गर्न सफल भए।

यसमा ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्तेघडी सहित जम्मा १०८२ जनाले विभिन्न उपहारहरु जित्न सफल भए। तीन महिनासम्म संचालन भएको यस उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गरेका नेपालभरिका २६४७ भन्दा बढी ग्राहकहरु समावेश भएका थिए।
ग्राहक महानुभावहरुलाई रु. ७५,००० बराबरको जस्मिन पेन्ट्सका उत्पादनहरुको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो। ग्राहकहरुको उत्साहजनक सहभागिताले यस उपहार योजना सफल भएको र यसबाट कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग मिलेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताए। साथै उनले यस उपहार योजना सफल पार्न सहयोग पुर्याउनुहुने सबै महानुभावहरुलाई बिशेष धन्यवाद दिए ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कोरला नाकाबाट नेपाल भित्रिँदै लिपमोटर बी१०, डेलिभरीको तयारी तीव्र
आज देशभर वर्षाको सम्भावना,अधिकांश स्थानमा पानी पर्ने
कान्स विजेता चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन द फग’ देशभर प्रदर्शनमा, विशेष प्रदर्शनको आम्दानी बाढी प्रभावितका लागि
नेपाली मूलकी अरुणा अधिकारीद्वारा क्लिनिकल ट्रायल इन्टेलिजेन्सका लागि काइरोस हेलिक्स स्थापना
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

