बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले चाडपर्वलाई लक्षित गरि २०८२ भाद्र १ देखि २०८२ कार्तिक मसान्तसम्म संचालन गरेको ग्राहक उपहार योजना “चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग” को बम्पर उपहार बिजेता घोषणा गरेको छ। कम्पनीका ब्राण्ड एम्बेसेडर पारस खड्काको बिशेष उपस्थितिमा एक कार्यक्रमका बिच उहाँकै हातबाट लक्की ड्र कुपन मार्फत बिजेताको घोषणा गरिएको हो।
२०८२ पुष ७ गते घोषणा गरिएको यस बम्पर उपहार योजनामा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरिन्। यसका साथै अन्य ग्राहकहरुले पनि विभिन्न उपहारहरु प्राप्त गर्न सफल भए।

यसमा ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्तेघडी सहित जम्मा १०८२ जनाले विभिन्न उपहारहरु जित्न सफल भए। तीन महिनासम्म संचालन भएको यस उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादनहरु खरिद गरेका नेपालभरिका २६४७ भन्दा बढी ग्राहकहरु समावेश भएका थिए।
ग्राहक महानुभावहरुलाई रु. ७५,००० बराबरको जस्मिन पेन्ट्सका उत्पादनहरुको खरिदमा एउटा बम्पर कुपन प्रदान गरिएको थियो। ग्राहकहरुको उत्साहजनक सहभागिताले यस उपहार योजना सफल भएको र यसबाट कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग मिलेको कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले बताए। साथै उनले यस उपहार योजना सफल पार्न सहयोग पुर्याउनुहुने सबै महानुभावहरुलाई बिशेष धन्यवाद दिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
