मेष राशि-
खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ । स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ । साझेदारीमा पनि सम्बन्ध बिग्रनाले यदाकदा अप्ठ्यारोमा परिनेछ । परिश्रमबाटै घर-जग्गा वा स्थिर सम्पत्ति जोड्ने समय छ। स्थायी सम्पत्ति आर्जन गर्ने समय छ। सामाजिक प्रतिष्ठा बढ्नेछ र मान सम्मान पाइनेछ।
बृष राशि-
विशिष्टजनसँग मित्रता बढ्न सक्छ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । बुद्धिको उपयोगले काम लिने समय छ । प्रतिस्पर्धीहरूलाई पछि पार्दै विशेष अवसर हात पार्न सकिनेछ । स्थायी सम्पत्ति जोड्ने समय छ, नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ। बुद्धि-विवेकको उपयोग गर्न नसकिएला।
मिथुन राशि-
समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । भाग्य बलवान् रहनेछ । रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान पाइनेछ । व्यवसायमूलक भ्रमण गर्ने समय छ। कृषि र पशुपालनमा सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् ।
कर्कट राशि-
रोकिएको काम बन्नाले उत्साह जाग्नेछ । धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ । अनुभवले ज्ञानको दायरा बढ्नेछ भने रचनात्मक कामले आम्दानीको दिगो स्रोत जुट्न सक्छ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला।
सिंह राशि-
अस्वस्थताका बीच कामको बोझ बढ्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पार्टी, पिकनिक वा खानपान समारोहमा सहभागी भइएला । कर्मयोगमा अभिवृद्धि हुनेछ । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको समय छ, व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ ।
कन्या राशि-
रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ । तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला। प्रियजनसँग भेटघाट र प्रसन्नताको समय छ। विभिन्न उपहार समेत पाइएला। आतिथ्यपूर्ण सम्मान पाइनेछ । एक्लोपनाको अनुभूति हुनेछ। राहुको प्रभावले विवाद, धनहानि, लाञ्छना जस्ता समस्या आउन सक्छन् ।
तुला राशि-
कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ । आँटले जटिल काम समेत सम्पादन हुन सक्छ । आस मारेको काम बन्नाले उत्साह बढ्नेछ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कनेछ । पारिवारिक समस्याहरू देखा पर्नेछन् । साझेदारीमा विवाद र पतिपत्नीमा असमझदारी बढ्नेछ ।
वृश्चिक राशि-
खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मान सम्मान पनि प्राप्त हुने समय छ। पेट र छातीसम्बन्धी समस्याले सताउन सक्छ । विद्यार्थीहरूका लागि अनुकूल समय छ। धेरै रोकिएका काम बन्नेछन् ।
धनु राशि-
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि, सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । तर्कशक्ति बढ्नुका साथै बौद्धिक क्षमता प्रदर्शन गर्ने मौका आउला। प्रयत्न गर्दा अध्ययनका लागि विदेशयात्रा सम्भावना छ। नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिनेछ। आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ ।
मकर राशि-
बोली -व्यवहारमा सजग रहनुहोला। हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ । मान सम्मानमा चोट पुग्न सक्छ । सहयोगीहरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ । सन्तानबाट फाइदा र सुख मिल्ने योग छ। रोकिएका काम सुरु हुनेछन् स्वास्थ्यमा बाधा, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ। झुटा आरोप आइलाग्नेछन् ।
कुम्भ राशि-
आँटेका काम बन्नाले जोश जाँगर बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घरखर्च पनि बढ्नेछा, ठूलो लगानीबाट कममात्र फाइदा हुनेछ, साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । शिक्षामा राम्रो प्रगति हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ ।
मीन राशि-
परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ । सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन् । व्यवसायमा केही उतारचढाव आए पनि अन्ततः फाइदै हुनेछ। साथीभाइले साथ दिनेछन् । पढाइमा अनुकूल समय छ। नयाँ नोकरी प्राप्ति वा पदोन्नति सम्भावना छ । व्यापार-व्यवसाय विस्तार हुनेछ। विश्वासमा पारेर धोका दिनेहरूले सताइरहनेछन् ।
-ज्यो.पं. तुलसी भारद्वाज







