टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ सम्पन्न : खेल र समुदायको उत्सव
काठमाडौं । सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले सम्पन्न भएको छ। डिस्ट्रिक्ट ४१ को डिभिजन ‘ए’ द्वारा आयोजना गरिएको यो प्रतियोगिता केवल खेलमा सीमित नरही समुदाय, सहकार्य र आपसी सद्भावको उत्सव साथ सम्पन्न भएको हो।
प्रतियोगितामा नेपालभरिका १२ टिम र १२० भन्दा बढी खेलाडी सहभागी भएका थिए । अनुभवी सदस्यदेखि नयाँ सदस्यसम्म सबैलाई खेलप्रति रुचि र मित्रताले एकताबद्ध बनाएको थियो । दिनभरको माहोल स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान, हौसला र टिमवर्कले भरिएको थियो ।
फाइनल खेल ललितपुर लायन्स र ८८४९ एफसीबीच सम्पन्न भयो । विजेता बनेको ललितपुर लायन्सले च्याम्पियन ट्रफी प्राप्त ग¥यो । व्यक्तिगत पुरस्कारहरूमा ८८४९ एफसीका अभिनव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी, बिभिएस नाइट्सकी सोनी चौरासियाले उत्कृष्ट महिला खेलाडी र ललितपुर लायन्सका सुजल साहिले सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए ।

क्यानन, वाल आर्टिस्ट्री इम्पेरो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, फोन स्टोर र प्रिमियर इन्टरनेशनल स्कुल कार्यक्रम प्रायोजक तथा डाबर नेपाल, भिजनसाइन, नेपाल मेडिसिटी र भिजन क्रिएसन रणनीतिक साझेदारको सहयोगमा कार्यक्रम सफल भएको आयोजकले बताएका छन्।
स्वयंसेवकहरूको योगदानले सहभागीहरूका लागि आत्मीय, समावेशी र व्यवस्थित वातावरण तयार पारेको थियो । नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता अब लोकप्रिय वार्षिक कार्यक्रम बनेको बताइएको छ । यसले खेल मात्र नभई सदस्यबीचको मित्रता, समुदाय र नेतृत्वको पाठ सिक्ने अवसर पनि प्रदान गरेको जनाइएको छ ।
त्यस्तै खेल मैदानमा नेतृत्व र टिमवर्कको महत्व के हो भन्ने प्रष्ट देखाएको छ, त्यसले समुदायलाई अझ नजिक बनाउन महत्वपूर्ण भूमिका पनि खेलेको बताइएको छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
