कस्तो छ आजको मौसम पूर्वानुमान ?
जानकारी केन्द्र
२०८२, पुष, १६
काठमाडौं । तराईमा आज पनि हुस्सु लागेको छ । पुस पहिलो हप्तायता निरन्तर लागेको हुस्सु र कुहिरोका कारण तराई/मधेशमा जनजीवन प्रभावित बनेको छ ।
हुस्सुले जनजीवनसँगै यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव छ । हिमाली र उच्च पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भागमा आंशिक बदली रहने सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सीयस मापन गरिएको छ ।
#daily news
#jankari
#jankari kendra
#jankarikendra
#mausam
#nepali news
#news
#taja khabar
#weather
#weather in nepal
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

