काठमाडौं । आइतबार कीर्तिमान बनेको सुनचाँदीको मूल्य निरन्तर ओरालो लाग्ने क्रम जारी रहेको छ । आज बिहीबार पनि सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । यस्तै चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मुल्य आज तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुनको मुल्य तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदी तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मुल्य तोलाको ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।





