• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ बैशाख २०८३, बुधबार
०२ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • ७ घण्टा 

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २४ घण्टा 

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
  • १ दिन 

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी
  • १ दिन 

अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने
  • १ दिन 

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?
  • १ दिन 

आजदेखि देशव्यापी दोस्रो आर्थिक गणना सुरु
  • १ दिन 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत २९ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • २. भल्वो आइसरको ऐतिहासिक माइलस्टोनः वार्षिक १ लाख बढी युनिट बिक्री

  • ३. घट्यो सुनचाँदीको मुल्य,कतिमा हुँदैछ कारोबार ?

  • ४. Xiaomi has introduces entry level phone REDMI A7 in the Nepali market

  • ५. अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज नेपालमा सार्वजनिक, कति पर्छ मुल्य ?

  • ६. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ७. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ८. नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य

  • ९. २०८२ चैत २८ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

टिङटिङको चार एआई प्रडक्ट सार्वजनिक

जानकारी केन्द्र २०८२, पुष, १७

काठमाडौं । एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङ चारवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल कार्यक्रममार्फत टिङटिङ भ्वाइस, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म्स र टिङटिङ एजेन्ट सार्वजनिक गरेको हो । ‘टिङटिङ नेक्स्ट’ नाम दिइएको उक्त इभेन्टबाट नेपालमै पहिलो पटक प्रडक्ट लञ्च गरेको कम्पनीको दावी छ ।

यसलाई टिङटिङले नेपाली प्रविधि उद्योगका लागि नयाँ युगको सुरूवात भएको संज्ञा दिएको छ । टिङटिङले केवल नयाँ सञ्चार उपकरणहरू सार्वजनिक गरेको मात्र नगरेर समग्र नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानक समेत स्थापित गरेको कम्पनीको भनाइ छ ।

व्यवसाय विस्तार हुँदै जाँदा ग्राहक र कम्पनीबीचको आत्मीय सम्बन्ध कमजोर हुँदै जाने र संवाद केवल डाटामा सीमित हुने समस्यालाई सम्बोधन गर्न टिङ टिङको अवधारणा आएको बताइएको छ । कम्पनीका अनुसार,- ‘आधुनिक व्यवसायको सबैभन्दा ठूलो चुनौती सञ्चार होइन, ग्राहकको कुरा बुझ्नु हो । ’

अधिकांश प्रविधिहरूले कम्पनीले कसरी बोल्छ भन्नेमा ध्यान केन्द्रित गर्दा टिङ टङले भने कम्पनीले ग्राहकलाई कसरी बुझ्छ भन्ने कुरालाई केन्द्रमा राखेर आफ्ना प्रणालीहरू विकास गरेको जनाएको छ। यो लन्चले साधारण स्वचालित प्रणालीबाट ‘ह्युमन–एआई एम्प्लिफिकेशन’ तर्फको यात्रालाई संकेत गर्छ, जहाँ कुनै पनि ग्राहकको आवाज डाटाको भीडमा हराउने छैन।

प्रविधिमा नयाँ फड्को
टिङटिङले एआई प्रविधिको प्रयोग गरेर नेपालमै विश्स्तरीय प्रडक्ट बनाउनु प्रविधि क्षेत्रमा एउटा ठूलो फड्को मानिएको छ । अर्बौँको स्केलमा चल्न सक्ने डिस्ट्रिब्युटेड आर्किटेक्चर, उच्च सुरक्षा मापदण्ड र सेल्फ–हिलिङ क्षमतासहितको प्लेटफर्ममार्फत टिङटिङले नेपालमै विश्वस्तरीय र भरपर्दो एआई प्रविधि निर्माण सम्भव छ भन्ने प्रमाणित गरेको कम्पनीको बुझाइ छ ।

यसले स्थानीय एआई फस्टाउनका लागि बलियो आधार तयार गरेको कम्पनीको भनाइ छ। यस ऐतिहासिक लन्चसँगै कम्पनीले नेपालका व्यवसायहरूलाई साधारण लेनदेनभन्दा माथि उठेर दक्षता र समानुभूतिसँगै अघि बढ्ने भविष्य अँगाल्न आह्वान गरेको समेत छ।

चार प्रडक्ट र विशेषता
नेपाली बजारका विशिष्ट आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यसहित टिङ टिङले चारवटा मुख्य प्रडक्ट लाइन सार्वजनिक गरेको छ ।

टिङटिङ भ्वाइस
यस इकोसिस्टमको केन्द्रमा रहेको ‘रिरी’ नेपालमै शून्यबाट निर्माण गरिएको टेक्स्ट-टु-स्पीच इन्जिन हो। टिङटिङको आफ्नै डाटा फाउन्ड्री प्रयोग गरेर स्थानीय लवज, भाव र भाषिक विशेषतालाई ध्यानमा राखी तयार गरिएको ‘रिरी’ले रोबोटिक वा विदेशी उच्चारण होइन, मौलिक नेपाली आवाजमा संवाद गर्छ।

टिङटिङ टेक्स्ट
नेपालको सबैभन्दा ठूलो एसएमएस पूर्वाधारसँग एकीकृत यो प्रणालीले सार्वजनिक सूचना, सेवा अपडेट तथा सूचनाहरू छिटो र भरपर्दो रूपमा लाखौँ प्रयोगकर्तासम्म पुर्‍याउने सुनिश्चित गर्छ।

टिङटिङ फर्म्स
ग्राहक प्रतिक्रिया संकलन गर्ने परम्परागत तरिकालाई परिवर्तन गर्दै यसले प्रयोगकर्तालाई आवाजमार्फत आफ्ना विचार व्यक्त गर्ने सुविधा दिन्छ। एआईले बोलेको नेपाली भाषालाई तुरुन्तै व्यवस्थित र कार्ययोग्य डाटामा रूपान्तरण गर्ने भएकाले झन्झटिला डिजिटल फर्महरूको आवश्यकता पर्दैन।

टिङटिङ एजेन्ट्स
लन्चको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको यो प्रणालीले पुरानो शैलीको ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता मेनुहरूलाई विस्थापित गर्दै प्राकृतिक दुईतर्फी संवाद सम्भव बनाउँछ। २०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज, आशय र भावना बुझेर प्रतिक्रिया दिन सक्ने क्षमताले ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने कम्पनीको दाबी छ।

टिङटिङबारे
टिङटिङ नेपालको अग्रणी एआई सञ्चार प्लेटफर्म रहेको जनाइएको छ। नेपालमै जन्मिएको र विश्वका लागि निर्माण गरिएको यस प्लेटफर्मले आफ्नै एआई भ्वाइस इन्जिन र अत्याधुनिक प्रविधि संरचनामार्फत व्यवसायहरूलाई आफ्ना ग्राहकलाई अझ गहिरो रूपमा बुझ्न सशक्त बनाउँछ।

  • fresh news
  • jankari
  • jankari kendra
  • jankarikendra
  • nepali news
  • news
  • taja khabar
  • Ting Ting
  • टिङटिङ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक
आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

ताजा

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

२०८३ वैशाख ०३ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.