• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, पुष २२, २०८२
मङ्गलबार, पुष २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

यी ६ देशका पर्यटकलाई दक्षिण कोरियाले निःशुल्क भिसा दिने

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

सुपर खुदी हाइड्रोपावरको आईपीओ आजदेखि खुला

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

दिनप्रति दिन देशभर जाडो बढ्दै, काठमाडौंमा यस वर्षकै कम तापक्रम

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १७ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ६. २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. नेपाल एग्रीटेक अन्तर्राष्ट्रिय प्रर्दशनी भरतपुरमा आयोजना हुँदै

  • ८. प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन, राहत र समन्वयलाई संस्थाकरण बनाइँदै

  • ९. इन्दिरा आईभिएफ आशा र अभिभावकत्वका दुई बर्षको उत्सव

  • १०. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

टिङटिङको चार एआई प्रडक्ट सार्वजनिक

काठमाडौं । एआई टेलिफोनी सेवा प्रदायकका रूपमा परिचित टिङटिङ चारवटा नयाँ प्रडक्ट सार्वजनिक गरेको छ । कम्पनीले भर्चुअल कार्यक्रममार्फत टिङटिङ भ्वाइस, टिङटिङ टेक्स्ट, टिङटिङ फर्म्स र टिङटिङ एजेन्ट सार्वजनिक गरेको हो । ‘टिङटिङ नेक्स्ट’ नाम दिइएको उक्त इभेन्टबाट नेपालमै पहिलो पटक प्रडक्ट लञ्च गरेको कम्पनीको दावी छ ।

यसलाई टिङटिङले नेपाली प्रविधि उद्योगका लागि नयाँ युगको सुरूवात भएको संज्ञा दिएको छ । टिङटिङले केवल नयाँ सञ्चार उपकरणहरू सार्वजनिक गरेको मात्र नगरेर समग्र नेपाली प्रविधि इकोसिस्टमका लागि नयाँ मानक समेत स्थापित गरेको कम्पनीको भनाइ छ ।

व्यवसाय विस्तार हुँदै जाँदा ग्राहक र कम्पनीबीचको आत्मीय सम्बन्ध कमजोर हुँदै जाने र संवाद केवल डाटामा सीमित हुने समस्यालाई सम्बोधन गर्न टिङ टिङको अवधारणा आएको बताइएको छ । कम्पनीका अनुसार,- ‘आधुनिक व्यवसायको सबैभन्दा ठूलो चुनौती सञ्चार होइन, ग्राहकको कुरा बुझ्नु हो । ’

अधिकांश प्रविधिहरूले कम्पनीले कसरी बोल्छ भन्नेमा ध्यान केन्द्रित गर्दा टिङ टङले भने कम्पनीले ग्राहकलाई कसरी बुझ्छ भन्ने कुरालाई केन्द्रमा राखेर आफ्ना प्रणालीहरू विकास गरेको जनाएको छ। यो लन्चले साधारण स्वचालित प्रणालीबाट ‘ह्युमन–एआई एम्प्लिफिकेशन’ तर्फको यात्रालाई संकेत गर्छ, जहाँ कुनै पनि ग्राहकको आवाज डाटाको भीडमा हराउने छैन।

प्रविधिमा नयाँ फड्को
टिङटिङले एआई प्रविधिको प्रयोग गरेर नेपालमै विश्स्तरीय प्रडक्ट बनाउनु प्रविधि क्षेत्रमा एउटा ठूलो फड्को मानिएको छ । अर्बौँको स्केलमा चल्न सक्ने डिस्ट्रिब्युटेड आर्किटेक्चर, उच्च सुरक्षा मापदण्ड र सेल्फ–हिलिङ क्षमतासहितको प्लेटफर्ममार्फत टिङटिङले नेपालमै विश्वस्तरीय र भरपर्दो एआई प्रविधि निर्माण सम्भव छ भन्ने प्रमाणित गरेको कम्पनीको बुझाइ छ ।

यसले स्थानीय एआई फस्टाउनका लागि बलियो आधार तयार गरेको कम्पनीको भनाइ छ। यस ऐतिहासिक लन्चसँगै कम्पनीले नेपालका व्यवसायहरूलाई साधारण लेनदेनभन्दा माथि उठेर दक्षता र समानुभूतिसँगै अघि बढ्ने भविष्य अँगाल्न आह्वान गरेको समेत छ।

चार प्रडक्ट र विशेषता
नेपाली बजारका विशिष्ट आवश्यकता र चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यसहित टिङ टिङले चारवटा मुख्य प्रडक्ट लाइन सार्वजनिक गरेको छ ।

टिङटिङ भ्वाइस
यस इकोसिस्टमको केन्द्रमा रहेको ‘रिरी’ नेपालमै शून्यबाट निर्माण गरिएको टेक्स्ट-टु-स्पीच इन्जिन हो। टिङटिङको आफ्नै डाटा फाउन्ड्री प्रयोग गरेर स्थानीय लवज, भाव र भाषिक विशेषतालाई ध्यानमा राखी तयार गरिएको ‘रिरी’ले रोबोटिक वा विदेशी उच्चारण होइन, मौलिक नेपाली आवाजमा संवाद गर्छ।

टिङटिङ टेक्स्ट
नेपालको सबैभन्दा ठूलो एसएमएस पूर्वाधारसँग एकीकृत यो प्रणालीले सार्वजनिक सूचना, सेवा अपडेट तथा सूचनाहरू छिटो र भरपर्दो रूपमा लाखौँ प्रयोगकर्तासम्म पुर्‍याउने सुनिश्चित गर्छ।

टिङटिङ फर्म्स
ग्राहक प्रतिक्रिया संकलन गर्ने परम्परागत तरिकालाई परिवर्तन गर्दै यसले प्रयोगकर्तालाई आवाजमार्फत आफ्ना विचार व्यक्त गर्ने सुविधा दिन्छ। एआईले बोलेको नेपाली भाषालाई तुरुन्तै व्यवस्थित र कार्ययोग्य डाटामा रूपान्तरण गर्ने भएकाले झन्झटिला डिजिटल फर्महरूको आवश्यकता पर्दैन।

टिङटिङ एजेन्ट्स
लन्चको मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिएको यो प्रणालीले पुरानो शैलीको ‘सपोर्टका लागि १ थिच्नुहोस्’ जस्ता मेनुहरूलाई विस्थापित गर्दै प्राकृतिक दुईतर्फी संवाद सम्भव बनाउँछ। २०० मिलिसेकेन्डभन्दा कम समयमा नेपाली लवज, आशय र भावना बुझेर प्रतिक्रिया दिन सक्ने क्षमताले ग्राहक अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने कम्पनीको दाबी छ।

टिङटिङबारे
टिङटिङ नेपालको अग्रणी एआई सञ्चार प्लेटफर्म रहेको जनाइएको छ। नेपालमै जन्मिएको र विश्वका लागि निर्माण गरिएको यस प्लेटफर्मले आफ्नै एआई भ्वाइस इन्जिन र अत्याधुनिक प्रविधि संरचनामार्फत व्यवसायहरूलाई आफ्ना ग्राहकलाई अझ गहिरो रूपमा बुझ्न सशक्त बनाउँछ।

  • fresh news
  • jankari
  • jankari kendra
  • jankarikendra
  • nepali news
  • news
  • taja khabar
  • Ting Ting
  • टिङटिङ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट
स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु
तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

लोकप्रिय

२०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

२०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ साल पौष १७ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

https://www.youtube.com/watch?v=eB95KBqQfcM
https://www.youtube.com/watch?v=FliGDptWH6k

हालैका पोस्टहरू

  • २०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल
  • ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट
  • स्मार्ट अप्लायन्सेस र जगदम्बा हायर पर्चेजको साझेदारीमा शुन्य प्रतिशत किस्ताको सुविधा सुरु
  • तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु
  • यी ६ देशका पर्यटकलाई दक्षिण कोरियाले निःशुल्क भिसा दिने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.