विदेशी पर्यटक ट्रयाकिङ प्रणाली सुरु
जानकारी केन्द्र
२०८२, पुष, १७
काठमाडौं । सरकारले १ जनवरी २०२६ बाट विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएन–एमआईएस) कार्यान्वयनमा ल्याएको छ। गृहमन्त्री ओमप्रकाश अर्याल र नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीको उपस्थितिमा अध्यागमन विभागले प्रणाली सुरु गरेको हो।
यस प्रणालीले नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास, गतिविधि र दर्ता व्यवस्थित गर्नेछ। पहिलो चरणमा काठमाडौं उपत्यकाका तारे होटलमा लागू गरिएको प्रणाली दोस्रो चरणमा १ मार्च २०२६ देखि देशभरका होटल, गेस्ट हाउस, वायुसेवा कम्पनी, टुर्स एन्ड ट्राभल कम्पनी र मनी एक्स्चेन्जमा अनिवार्य हुनेछ।
अध्यागमन विभागका अनुसार प्रणालीले सुरक्षा, आपतकालीन उद्धार, अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
सम्बन्धित समाचार
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

