सन् २०२५ मा कति विदेशी पर्यटक नेपाल आए ?
काठमाडौं । सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार डिसेम्बर महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएसँगै वार्षिक आगमन संख्या ११ लाख नाघेको हो ।
अघिल्लो वर्ष सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल आएको तुलनामा सन् २०२५ मा पर्यटक आगमनमा सामान्य वृद्धि भएको देखिएको छ । पर्यटक आगमनको सूचीमा भारत पहिलो स्थानमा रहेको छ । सन् २०२५ मा भारतबाट २ लाख ९२ हजार ४३८ पर्यटक नेपाल आएका छन् । त्यस्तै अमेरिकाबाट १ लाख १२ हजार ३१६ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यसपछि चीनबाट ९५ हजार ४८०, बेलायतबाट ५८ हजार ६८४, बंगलादेशबाट ५७ हजार ५४५, अस्ट्रेलियाबाट ४९ हजार ३५७, श्रीलंकाबाट ३७ हजार ५५०, थाइल्याण्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक सन् २०२५ मा नेपाल आएका पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन बोर्डका अनुसार पर्यटक आगमनमा भएको यो वृद्धिले नेपालको पर्यटन क्षेत्र क्रमशः पुनरुत्थानको दिशामा अघि बढिरहेको संकेत गरेको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
