सन् २०२५ मा कति विदेशी पर्यटक नेपाल आए ?
काठमाडौं । सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार डिसेम्बर महिनामा मात्र ९८ हजार १९० पर्यटक नेपाल आएसँगै वार्षिक आगमन संख्या ११ लाख नाघेको हो ।
अघिल्लो वर्ष सन् २०२४ मा ११ लाख ४७ हजार ५४८ विदेशी पर्यटक नेपाल आएको तुलनामा सन् २०२५ मा पर्यटक आगमनमा सामान्य वृद्धि भएको देखिएको छ । पर्यटक आगमनको सूचीमा भारत पहिलो स्थानमा रहेको छ । सन् २०२५ मा भारतबाट २ लाख ९२ हजार ४३८ पर्यटक नेपाल आएका छन् । त्यस्तै अमेरिकाबाट १ लाख १२ हजार ३१६ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यसपछि चीनबाट ९५ हजार ४८०, बेलायतबाट ५८ हजार ६८४, बंगलादेशबाट ५७ हजार ५४५, अस्ट्रेलियाबाट ४९ हजार ३५७, श्रीलंकाबाट ३७ हजार ५५०, थाइल्याण्डबाट ३० हजार २४३, जर्मनीबाट ३० हजार २२७ र जापानबाट २४ हजार ७६३ पर्यटक सन् २०२५ मा नेपाल आएका पर्यटन बोर्डले जनाएको छ ।
पर्यटन बोर्डका अनुसार पर्यटक आगमनमा भएको यो वृद्धिले नेपालको पर्यटन क्षेत्र क्रमशः पुनरुत्थानको दिशामा अघि बढिरहेको संकेत गरेको छ ।
सम्बन्धित समाचार
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
आज कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन, बुबाप्रतिको माया र सम्मान व्यक्त गर्ने विशेष अवसर
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
कर्णाली प्रदेश अस्पतालमा भदौ २२ र २३ गते पनि सेवा सञ्चालन हुने

