इन्धन सस्तो भएसँगै आन्तरिक हवाई भाडा घट्यो,कुन गन्तव्यको कति ?
काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि देशका प्रमुख सहर जोड्ने अधिकांश आन्तरिक गन्तव्यका हवाई भाडा घटाइएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ भाडादर लागू गरेको हो।
नयाँ दर अनुसार काठमाडौं–माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँ घट्दै प्रतियात्रु चार हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। काठमाडौं–भद्रपुरमा १ सय ८० रुपैयाँ घटेर तीन हजार ८ सय ४५ र काठमाडौं–विराटनगरमा १ सय ४० रुपैयाँ घटेर तीन हजार ७५ रुपैयाँ तोकिएको छ।
त्यस्तै, काठमाडौं–जनकपुरमा एक हजार ६ सय ४५, भरतपुरमा एक हजार ३ सय ७०, पोखरामा दुई हजार ३०, भैरहवामा दुई हजार ६ सय ३५, नेपालगन्जमा चार हजार १ सय ७०, धनगढीमा पाँच हजार ६ सय ५५, तुम्लिङटारमा दुई हजार ३ सय ६०, सिमरामा एक हजार १ सय ५०, सुर्खेतमा चार हजार ४ सय २० र राजविराजमा दुई हजार ६ सय १५ रुपैयाँ भाडादर कायम गरिएको क्यानले जनाएको छ।
पोखराबाट हुने उडानसहित अन्य क्षेत्रीय रुटमा पनि हवाई भाडा घटाइएको छ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
