इन्धन सस्तो भएसँगै आन्तरिक हवाई भाडा घट्यो,कुन गन्तव्यको कति ?
काठमाडौं । हवाई इन्धनको मूल्य घटेपछि देशका प्रमुख सहर जोड्ने अधिकांश आन्तरिक गन्तव्यका हवाई भाडा घटाइएको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ भाडादर लागू गरेको हो।
नयाँ दर अनुसार काठमाडौं–माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँ घट्दै प्रतियात्रु चार हजार ३ सय ९० रुपैयाँ कायम भएको छ। काठमाडौं–भद्रपुरमा १ सय ८० रुपैयाँ घटेर तीन हजार ८ सय ४५ र काठमाडौं–विराटनगरमा १ सय ४० रुपैयाँ घटेर तीन हजार ७५ रुपैयाँ तोकिएको छ।
त्यस्तै, काठमाडौं–जनकपुरमा एक हजार ६ सय ४५, भरतपुरमा एक हजार ३ सय ७०, पोखरामा दुई हजार ३०, भैरहवामा दुई हजार ६ सय ३५, नेपालगन्जमा चार हजार १ सय ७०, धनगढीमा पाँच हजार ६ सय ५५, तुम्लिङटारमा दुई हजार ३ सय ६०, सिमरामा एक हजार १ सय ५०, सुर्खेतमा चार हजार ४ सय २० र राजविराजमा दुई हजार ६ सय १५ रुपैयाँ भाडादर कायम गरिएको क्यानले जनाएको छ।
पोखराबाट हुने उडानसहित अन्य क्षेत्रीय रुटमा पनि हवाई भाडा घटाइएको छ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

