ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन पुस २६र २७ गते ललितपुरमा हुने
काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।
महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेबाट सुरु हुनेछ।
महासंघले उक्त कार्यक्रममा महासंघका पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साधारणसभा तथा महाधिवेशनमार्फत संगठनको हालसम्मको गतिविधि समीक्षा गर्नुका साथै भावी कार्ययोजना र नेतृत्व चयनसम्बन्धी विषयमा छलफल हुने महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिए ।
यसैबिच महासंघको कार्यसमितिको अर्को बैठक पुस २५ गते बिहान ८ बजे महासंघको कार्यकक्षमा बस्ने जानकारी पनि दिइएको छ। उक्त बैठकमा महाधिवेशनको तयारी र समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
साधारणसभा तथा महाधिवेशनलाई सफल बनाउन सबैको उपस्थितिका लागि महासंघले अनुरोध गरेको छ।
सम्बन्धित समाचार
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
