यी ६ देशका पर्यटकलाई दक्षिण कोरियाले निःशुल्क भिसा दिने
जानकारी केन्द्र
२०८२, पुष, २२
काठमाडौं । नयाँ वर्षको अवसरमा दक्षिण कोरियाले भारत, चीन, भियतनाम, फिलिपिन्स, इन्डोनेसिया र कम्बोडियाका नागरिकलाई भिसा शुल्क नतिरी देश भ्रमण गर्न पाउने घोषणा गरेको छ।
अर्थमन्त्री कु युन–चोलका अनुसार, यो सुविधा जुन २०२६ सम्म सी–३–२ श्रेणीको ‘छोटो अवधिको समूह भिसा’ लिने पर्यटकलाई लागू हुनेछ। सरकारले यो कदम विदेशी पर्यटकको संख्यालाई बढावा दिन र पर्यटन बजारको तीव्र विकासको लागि उठाएको हो।
नोभेम्बरमा मात्रै दक्षिण कोरियामा आउने विदेशी पर्यटकको संख्या करिब १६ लाख पुगेर कोभिड–१९ अघिका रेकर्ड तोडेको तथ्यांक सार्वजनिक छ। यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको बताइएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
