• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
  • ८ घण्टा 

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १५ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १५ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १५ घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १५ घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार
  • १ दिन 

अबदेखि पासपोर्ट र लाइसेन्स नागरिककै घरदैलोमा
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा यामाहा एफजेड-एस एफआई सार्वजनिक,यस्तो छ मूल्य

  • २. सुर्खेतमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १९४ को उपचार

  • ३. अब जन्म,विवाह दर्ता लगायतका प्रमाणपत्र नागरिक एपमै हुने

  • ४. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • ६. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ७. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ९. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • १०. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक

जानकारी केन्द्र २०८२, पुष, २५

काठमाडौं । आज टिकटकको ‘सर्च’ फिचर कन्टेन्टहरू खोज्ने एक प्रभावशाली माध्यमका रूपमा स्थापित हुँदै गएको छ। यसमार्फत नयाँ आइडियाहरू खोज्न, व्यवहारिक सीपहरू सिक्न, प्रेरणाहरू लिन तथा आफ्नै संस्कृति, भाषा र दैनिक जीवनसँग सम्बन्धित सामग्रीसँग जोडिन लाखौँ प्रयोगकर्ताहरू टिकटक प्रयोग गरिरहेका छन्।

आजभोलि प्रयोगकर्ताहरू टिकटकलाई कुनै विषय छिटो र दृश्यात्मक रूपमा बुझ्न भिडियो–फर्स्ट सर्च इञ्जिनका रूपमा प्रयोग गर्न थालेका छन्। परीक्षाको तयारीदेखि यात्रा योजना बनाउने, ताजा समाचार बुझ्ने वा नयाँ सीप सिक्ने जस्ता विषयमा छोटा भिडियोमार्फत वास्तविक समयमै जानकारी खोज्न टिकटक प्रयोग भइरहेको छ। यसले प्रयोगकर्ताको क्रियटरहरूले बनाउने वास्तविक अनुभवमा आधारित र बुझ्न सजिलो कन्टेन्टहरूप्रति बढ्दो रुचिलाई झल्काउँछ।

नेपालमा टिकटक अब केवल मनोरञ्जनको प्लेटफर्म मात्र रहेन। ‘सर्च’ फिचरमार्फत टिकटक जिज्ञासा र व्यवहारिक उपयोगमा आधारित एक गतिशील, दृश्यात्मक खोज अनुभव बनेको छ। पछिल्लो एक वर्षमा शिक्षा, संस्कृति, खाना, यात्रा, सौन्दर्य, जीवनशैली, ब्रेकिंग न्युजको व्याख्या तथा दैनिक जीवनमा आइपर्ने विषयहरूमा “हाउ टु” जस्ता सर्चहरू उल्लेखनीय रूपमा बढेको छ। यसले मानिसहरू टिकटकलाई सिक्न, बुझ्न र आपसमा सम्बन्ध बढाउन प्रयोग गरिरहेका छन् भन्ने देखाउँछ।

नेपालको टिकटक कम्युनिटीले वास्तविक जीवनसँग सम्बन्धित प्रश्नहरूको उत्तर खोज्ने कार्य अभूतपूर्व गतिमा बढाइरहेको छ। पछिल्लो वर्ष #LearnOnTikTok, #TravelTok, #BookTok, #FoodTok लगायतका लोकप्रिय ह्यासट्यागसँग सम्बन्धित सर्चहरू उल्लेखनीय रूपमा बढेका छन्। नेपाली प्रयोगकर्ताहरू आफ्ना रुचि र जिज्ञासासँग मेल खाने सामग्री खोज्न टिकटकतर्फ झन् आकर्षित हुँदै गएका छन्।

“नेपालमा हाम्रो कम्युनिटीले कुनै पनि विषयले के-कसरी काम गर्छ भनेर बुझ्न, छिटो जानकारी पाउन वा वास्तविक मानिसहरूबाट प्रेरणा लिन टिकटक ‘सर्च’लाई स्वाभाविक सुरुवाती बिन्दुका रूपमा प्रयोग गरिरहेको छ,” टिकटक दक्षिण एशियाका कन्टेन्ट अपरेशन्स लिड उमैस नवीदले भने। “टिकटकलाई विशेष बनाउने कुरा यसको समुदायको प्रामाणिकता पनि हो। यहाँको सामग्री मानवीय, व्यवहारिक र वास्तविक अनुभवमा आधारित हुन्छ, जसले ‘सर्च’लाई जानकारी मात्र होइन, विश्वासिलो दृष्टिकोणसँग जोडिने स्थान पनि बनाएको छ।”

सुरक्षासहितको खोज अनुभव: टिकटकका सर्च इन्टरभेन्सनहरू
टिकटक ‘सर्च’को प्रयोग बढ्दै जाँदा, टिकटकले प्रयोगकर्ताहरूले सुरक्षित र जिम्मेवार तरिकाले कन्टेन्ट खोज्न सकून् भन्ने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको बताइएको छ। सर्च इन्टरभेन्सनहरू (Search Interventions) भनेका संवेदनशील वा जोखिमयुक्त विषय खोज्दा देखिने सक्रिय इन–एप अनुभवहरू हुन्, जसले प्रयोगकर्तालाई विश्वसनीय, सहयोगी र आधिकारिक स्रोततर्फ मार्गदर्शन गर्छ।

खोजको प्रकृति अनुसार, यी विषयहरूमा इन्टरभेन्सन हुन सक्छन्:
• मानसिक स्वास्थ्य सहायता, स्थानीय हेल्पलाइन र वेल-बीइंग सम्बन्धी स्रोतहरू
• प्राकृतिक प्रकोप वा आपतकालीन अवस्थाका बेला आवश्यक मार्गदर्शन
• गलत जानकारीबारे सचेत गराउँदै विश्वसनीय स्रोतबाट पुष्टि गर्न प्रेरित गर्ने
• दुर्व्यवहार, हिंसा वा सार्वजनिक सुरक्षाजस्ता संवेदनशील विषयमा सचेतना सामग्री

नेपालमा टिकटकले प्रयोगकर्ता सुरक्षा, डिजिटल वेल-बीइंग र संवेदनशील समयमा विश्वसनीय जानकारीको पहुँच बढाउन प्लेटफर्ममा विभिन्न सर्च इन्टरभेन्सनहरू लागू गरेको जनाइएको छ। यस अन्तर्गत यौन दुर्व्यवहार सम्बन्धी खोज गर्दा देखिने ‘सर्च गाइड’ पनि समावेश छ, जसले प्रयोगकर्तालाई इन–एप ब्यानरमार्फत स्थानीय हेल्पलाइन तथा टिकटक ‘सेफ्टी सेन्टर’ भित्रको Sexual Abuse Support पेजतर्फ निर्देशित गर्छ।

यसका साथै, बाढी तथा प्राकृतिक प्रकोपसँग सम्बन्धित विषयमा पनि टिकटकले इन्टरभेन्सनहरू लागू गरेको छ, जसले प्रयोगकर्तालाई सान्दर्भिक र जिम्मेवार जानकारी प्राप्त गर्न सहयोग गर्छ। त्यसै कारणले, मनसुनको समयमा प्रयोगकर्ताले समयमै आधिकारिक सूचनाहरू पाउन् भनेर विपद्–सम्बन्धी सर्च इन्टरभेन्सनहरू सक्रिय गरिएको बताइएको छ।

“टिकटकको ‘सर्च’ फिचर safety-by-design अवधारणामा आधारित छ,” टिकटक दक्षिण एशियाकी क्षेत्रीय ट्रस्ट एण्ड सेफ्टी लिड आस्मा अन्जुमले भनिन्। “‘सर्च इन्टरभेन्सनहरूले सहायता माग्दा वा संवेदनशील विषय खोज्दा प्रयोगकर्तालाई वेल-बीइंग, तथ्यपरक र सामाजिक जिम्मेवारीमा आधारित मार्गदर्शन प्रदान गर्छ।”

दक्षिण एशियामा ‘सर्च’को भविष्य
टिकटकको प्रयोग खोज गन्तव्यका रूपमा बढ्नु भनेको व्यापक क्षेत्रीय परिवर्तनको संकेत हो, जहाँ मानिसहरू सरल, दृश्यात्मक र प्रामाणिक जानकारी प्राप्त गर्न चाहन्छन्। नयाँ रुचि खोज्ने, परीक्षाको तयारी गर्ने, यात्राको लागि जानकारी लिने, क्रिकेटसम्बन्धी छलफलमा सहभागी बन्ने वा दैनिक जीवनका व्यवहारिक सीपहरू सिक्ने जस्ता गतिविधिमा टिकटक प्रयोगकर्ताहरू आफूजस्तै सोच र भाषा बोल्ने क्रियटरहरूसँग नजिक महसुस गर्छन्।

दक्षिण एशियाभर टिकटकले प्रडक्ट इनोभेसन, सुरक्षा संरचना र स्थानीय साझेदारीमा लगानी बढाउँदै जाँदा, ‘सर्च’ फिचर कन्टेन्ट खोज्ने, ज्ञान विस्तार गर्ने र अर्थपूर्ण सम्बन्ध निर्माण गर्ने प्रमुख माध्यमकै रूपमा रहने बताइएको छ ।

  • fresh news
  • jankari
  • jankari kendra
  • jankarikendra
  • Nepali
  • nepali news
  • news
  • taja khabar
  • TikTok
  • टिकटक
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?

ताजा

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.