• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ बैशाख २०८३, शुक्रबार
०४ बैशाख २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक
  • ८ घण्टा 

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
  • १२ घण्टा 

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल
  • १८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १८ घण्टा 

आईपीएमा गुजरातसँग कोलकाताको हार, आज दुई खेल हुँदै
  • १८ घण्टा 

प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी
  • १ दिन 

२०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • २. नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

  • ३. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ४. २०८३ वैशाख ०५ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ६. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ७. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. प्रधानमन्त्री बालेन शाहको १२ वर्ष पुरानो र्याप भिडियो हटाउन साइबर ब्यूरोमा उजुरी

  • १०. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

जिलि इएक्स फाइभमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा

जानकारी केन्द्र २०८२, माघ, १

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता जिलि अटो ग्रुपले नेपालमा उपलब्ध जिलि इएक्स फाइभ विद्युतीय एसयुभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटीको सुविधा प्रदान गरेको छ । यस नयाँ प्राविधीक स्तरोन्नतीले जिलिइएक्स फाइभ का सवारीसाधनको डिजिटल इकोसिस्टमलाई थप सुदृढ बनाउँदै नेपालमा तीव्र रूपमा विस्तार हुँदै गएको विद्युतीय सवारी बजारमा जिलिका गाडीहरुको उपस्थितिलाई अझ मजबुत बनाएको कम्पनीले जनाएको छ।

एप्पल र एन्ड्रोइड कारप्ले सपोर्ट प्रणालीले गाडीलाई चालकको स्मार्टफोनसँग सहज एकीकरणमार्फत सुरक्षा, सुविधा र कनेक्टिभिटीलाई एकसाथ जोड्दै समग्र ड्राइभिङ अनुभवलाई उल्लेखनीय रूपमा उकास्ने बताइएको छ ।

सफ्टवेयर अपडेटमार्फत एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी
सिरी वा गुगल असिसटेन्ड द्वारा सञ्चालित ह्यान्ड्स–फ्री भ्वाइस कमाण्डको माध्यमबाट चालकहरूले फोन समात्न नपरी कल गर्न, सन्देश पठाउन वा प्राप्त गर्न तथा मार्ग निर्देशन लिन सक्छन्, जसले हात स्टीयरिङमै र आँखा सडकतर्फ केन्द्रित राख्न सहयोग गरी सवारी अनुभवलाई उत्कृष्ट बनाउँछ ।

नयाँ सपोर्ट प्रणालीले परिचित स्मार्टफोन इन्टरफेसलाई सवारीसाधनको इनबिल्ट डिस्प्लेमा मिरर गर्छ, जहाँ ठूला, स्पष्ट आइकन र सहज लेआउटका कारण ड्राइभिङका क्रममा म्यापस् , स्पोटिफाई र म्यासेज जस्ता आवश्यक एपहरू सजिलै प्रयोग गर्न सकिन्छ । सामान्य ब्लुटुथ कनेक्टिभिटीको तुलनामा कारप्लेले संगीत र पोडकास्टका लागि उच्च ध्वनि गुणस्तर प्रदान गर्ने भएकाले इन–कार मनोरञ्जन अनुभव अझ समृद्ध हुन्छ ।

यसका साथै,गुगल म्याप , एप्पल म्याप वा वोएज जस्ता एपमार्फत वास्तविक समयको नेभिगेसन र ट्राफिक अपडेट प्राप्त गर्न सकिन्छ भने कल र नोटिफिकेसनको सुरक्षित व्यवस्थापन पनि सम्भव हुन्छ । टचस्क्रिन, स्टीयरिङ ह्विलका बटन र इनबिल्ट माइक्रोफोनलगायत सवारीसाधनका विद्यमान कन्ट्रोलहरूसँग पूर्ण रूपमा एकीकृत भएकाले यो प्रणालीले सहज, एकीकृत र प्रयोगमैत्री ड्राइभिङ वातावरण प्रदान गर्छ ।

यो सुविधा  इएक्स फाइभ बिक्री हुने अन्तर्राष्ट्रिय बजारहरूमा ग्राहकको उच्च मागपछि विश्वव्यापी रूपमा सुरु गरिएको हो, र अब नेपाली उपभोक्ताले पनि समान स्तरको उन्नत इन–कार प्रविधि पाउने कुरालाई सुनिश्चित गर्न नेपालमा लागू गरिएको कम्पनीले जनाएको छ।

नेपालमा ग्राहक–केन्द्रित कार्यान्वयन
नेपालका लागि जिलि इएक्स फाइभ को आधिकारिक वितरक एलआरआर मोटर्सले लन्चदेखि हालसम्म बिक्री भएका सबै जिलि इएक्स फाइभ सवारीसाधनमा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट प्रदान गर्न थालिसकेको कम्पनीले बताएको छ । सेवा टोलीहरूले ग्राहकको घर वा कार्यालयजस्ता सुविधाजनक स्थानमै पुगेर यि प्राविधिक सुविधाहरुलाई इन्स्टल गरिरहेका छन्, जसले अपग्रेड प्रक्रियालाई झन्झटरहित बनाएको कम्पनीले जानकारी दिएको छ ।

“चीनस्थित जिलि अटो ग्रुपको प्रत्यक्ष सहयोगमा उपलब्ध यो स्मार्ट कनेक्टिभिटी अपग्रेडले जिलि इएक्स फाइभ लाई प्रिमियम ग्लोबल ईभीहरूसँग प्रतिस्पर्धी बनाउँदै नेपाली ग्राहकहरूको बदलिँदो अपेक्षालाई पनि सम्बोधन गरेको छ,”एलआरआर मोटर्सका प्रबन्ध निर्देशक जीवन जंग शाहीले बताए।

“भविष्यमा नेपाल आयात हुने इएक्स फाइभ सवारीसाधनहरूमा एप्पल कारप्ले र एन्ड्रोइड अटो प्रणाली इनबिल्ट नै रहने भएकाले थप इन्स्टलेसनको आवश्यकता पर्नेछैन,” कम्पनीका बिक्री प्रमुख अधिर कुमार श्रेष्ठले बताए ।

नेपालको ईभी बजारमा जिलिको उपस्थितिलाई थप मजबुती
जिलि इएक्स फाइभले नेपालका शहरी क्षेत्र तथा हाइवे ड्राइभिङ सेग्मेन्टमा पहिले नै उल्लेखनीय लोकप्रियता हासिल गरिसकेको बताइएको छ । कम्पनीका अनुसार, विराटनगर र बुटवलजस्ता शहरहरूमा विस्तार हुँदै गएको डिलर नेटवर्कका साथै आगामी वर्षभित्र सातै प्रदेशमा उपस्थिति विस्तार गर्ने योजना कम्पनीले सार्वजनिक गरिसकेको छ ।

एप्पल कारप्ले र एन्ड्रोइड अटोको समावेशसँगै, जिलि इएक्स फाइभले कार्यक्षमता, आराम, सुरक्षा र स्मार्ट कनेक्टिभिटीको उत्कृष्ट संयोजन प्रस्तुत गर्दै नेपालमा उपलब्ध सबैभन्दा फिचर–सम्पन्न विद्युतीय ईभीहरूमध्ये एकको रूपमा आफ्नो पहिचानलाई थप सुदृढ गराएको कम्पनीले जनाएको छ ।

नेपाल दिगो र प्रविधि–केन्द्रित यातायाततर्फ अघि बढिरहँदा, जिलि अटो ग्रुपको नवप्रवर्तन र ग्राहक–केन्द्रित अपग्रेडप्रतिको ध्यानले नेपाली अटोमोबाइल बजारप्रति यसको दीर्घकालीन प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार, गत वर्षको नाडा एक्स्पोमो क्रममा लन्च भएयता आधुनिक डिजाइन, प्रिमियम इन्टेरियर, उन्नत सुरक्षा प्रविधि र प्रभावकारी विद्युतीय कार्यक्षमताका कारण जिलि इएक्स फाइभ छोटो समयमै नेपालमा सबैभन्दा धेरै चर्चामा रहेको विद्युतीय सवारीहरुमध्येको एक बनिसकेको छ । विश्वव्यापी रूपमा लोकप्रिय स्मार्टफोन कनेक्टिभिटी सुविधाको थपले यसको समग्र ड्राइभिङ अनुभवलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याएको पनि कम्पनीले दाबी गरेको छ ।

  • ev
  • jankari kendra
  • jankarikendra
  • LRR Motor
  • इभि
  • इलेक्ट्रिक
  • जिलि इएक्स फाइभ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक
मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

२०८३ वैशाख ०६ गते आईतबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

डोङफेङको भोयाद्वारा नयाँ हुवावे हार्मोनीओएस, ८०० भि पिएचइभि र इभि संस्करणसहितको ताइशान एक्स८ एसयुभी सार्वजनिक

मेटाको निर्णयः ८ हजार कर्मचारी कटौती गर्दै एआईतर्फ केन्द्रित हुने

२०८३ साल तपाईको लागि यस्तो रहेको छ, हेर्नुहोस् वार्षिक राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.