काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालसहित विश्वका ७५ देशका नागरिकका लागि आप्रवासी (इमिग्रेन्ट) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। विदेश मन्त्रालयले बुधबार उक्त निर्णय सार्वजनिक गर्दै कन्सुलर अधिकारीहरूलाई ती देशहरूबाट आउने आप्रवासी भिसा आवेदनहरू तत्काल रोक्न निर्देशन दिएको जनाएको छ।
ट्रम्प प्रशासनले ती देशका नागरिकहरू अमेरिकामा पुगेपछि सार्वजनिक सहायतामा निर्भर हुन सक्ने सम्भावना रहेको दाबी गर्दै अध्यागमन नियम कडा बनाएको हो। विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा रहेको विदेश मन्त्रालयका अनुसार यो कदम गत नोभेम्बरमा जारी गरिएको कार्यकारी आदेशको निरन्तरता हो।
विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी अध्यागमन प्रणालीको दुरुपयोग रोक्न र अमेरिकी करदातामाथि पर्ने आर्थिक भार घटाउन यी ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गरिएको हो।”
यो निर्णय आगामी जनवरी २१ देखि लागू हुनेछ। यद्यपि पर्यटक, व्यवसायिक भ्रमण वा अन्य अस्थायी प्रयोजनका लागि जारी गरिने गैर–आप्रवासी भिसा भने यस निर्णयबाट प्रभावित नहुने स्पष्ट गरिएको छ।
यसैबीच, गैर–आप्रवासी भिसा आवेदकहरूलाई पनि अमेरिका प्रवेशपछि सार्वजनिक सेवामा निर्भर हुन सक्छन् कि सक्दैनन् भन्ने विषयमा कडा जाँच गरिनेछ। कन्सुलर अधिकारीहरूलाई आवेदकको आर्थिक अवस्था, स्वास्थ्य, शिक्षा, सीप, पारिवारिक पृष्ठभूमि र अघिल्लो सार्वजनिक सहायता प्रयोगको विवरण विस्तृत रूपमा मूल्याङ्कन गर्न निर्देशन दिइएको छ।
अमेरिकी भिसा स्थगनमा परेका ७५ देशहरू
१. अफगानिस्तान
२. अल्बानिया
३. अल्जेरिया
४. एन्टिगुवा र बारबुडा
५. अर्मेनिया
६. अजरबैजान
७. बहामास
८. बंगलादेश
९. बार्बाडोस
१०. बेलारुस
११. बेलिज
१२. भुटान
१३. बोस्निया
१४. ब्राजिल
१५. बर्मा (म्यानमार)
१६. कम्बोडिया
१७. क्यामरुन
१८. केप भर्डे
१९. कोलम्बिया
२०. कंगो
२१. क्युबा
२२. डोमिनिका
२३. इजिप्ट
२४. एरिट्रिया
२५. इथियोपिया
२६. फिजी
२७. गाम्बिया
२८. जर्जिया
२९. घाना
३०. ग्रेनाडा
३१. ग्वाटेमाला
३२. गिनी
३३. हाइटी
३४. इरान
३५. इराक
३६. आइभोरी कोस्ट
३७. जमैका
३८. जोर्डन
३९. काजाकिस्तान
४०. कोसोभो
४१. कुवेत
४२. किर्गिस्तान
४३. लाओस
४४. लेबनान
४५. लाइबेरिया
४६. लिबिया
४७. म्यासेडोनिया
४८. मोल्डोभा
४९. मंगोलिया
५०. मोन्टेनेग्रो
५१. मोरक्को
५२. नेपाल
५३. निकारागुआ
५४. नाइजेरिया
५५. पाकिस्तान
५६. गणतन्त्र कंगो
५७. रुस
५८. रुवाण्डा
५९. सेन्ट किट्स एण्ड नेभिस
६०. सेन्ट लुसिया
६१. सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिन्स
६२. सेनेगल
६३. सियरा लियोन
६४. सोमालिया
६५. दक्षिण सुडान
६६. सुडान
६७. सिरिया
६८. तान्जानिया
६९. थाइल्याण्ड
७०. टोगो
७१. ट्युनिसिया
७२. युगान्डा
७३. उरुग्वे
७४. उज्वेकिस्तान
७५. यमन
नेपाल सूचिमा परेपछि अमेरिकी आप्रवासन प्रक्रिया अन्तर्गत स्थायी बसोबासको तयारीमा रहेका नेपालीहरू प्रत्यक्ष रूपमा प्रभावित हुने देखिएको छ।




