राष्ट्रिय तथ्याङ्क कार्यालयले माग्यो ४ हजार ४३९ जनशक्ति
काठमाडौं । सरकारले राष्ट्रिय आर्थिक गणना, २०८२ का लागि ठूलो संख्यामा जनशक्ति माग गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै कुल ४ हजार ४ सय ३९ जना कर्मचारी करारमा भर्ना गर्न लागेको जानकारी दिएको हो ।
कार्यालयले देशभर सञ्चालन हुने आर्थिक गणनाको स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्यका लागि ५ सय २६ जना सुपरिवेक्षक र ३ हजार ९ सय १३ जना गणक माग गरेको हो ।
सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्ने प्रावधान राखिएको छ भने गणकका लागि १०ं२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । यो रोजगारी साढे दुई महिनाको करार अवधिका लागि हुनेछ ।
सेवा सुविधाका हकमा सुपरिवेक्षकले मासिक ३४ हजार ७३० रुपैयाँ र गणकले मासिक ३२ हजार ९०२ रुपैयाँ पारिश्रमिक पाउने सूचनामा उल्लेख छ । योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको २१ दिनभित्र अनलाइन माध्यमबाट दरखास्त दिनुपर्नेछ ।
आवेदकहरूको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिनेछ । इच्छुक व्यक्तिहरूले राष्ट्रिय तथ्याङ्क कार्यालयको आधिकारिक वेबसाइटमा गएर वा उपलब्ध गराइएको क्यूआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन् । म्याद नाघी वा रित नपुगी आएका दरखास्तमाथि कुनै कारबाही नहुने कार्यालयले स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
प्रमाणपत्र मात्र होइन, समस्या समाधान गर्ने सीप बोकेर विदा भए नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थी
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
एनसेलको ‘मनसुन अफर’ सार्वजनिक, सिम र प्याक खरिदमा २० प्रतिशतसम्म क्यासब्याक


