पेट्रोलियम पदार्थको मूल्य घट्यो, प्रतिलिटर कति ?
काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार आजदेखि पेट्रोल प्रतिलिटर ३ रुपैयाँले घटेर १५६ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँले घटेर १३६ रुपैयाँमा बिक्री हुने भएको छ । नयाँ मूल्यसूची निगम सञ्चालक समितिले तय गरेको हो, जसअनुसार इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यलाई आधार मानिएको छ ।
मूल्य घटेसँग अब पहिलो वर्गअन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा पर्नेछ भने डिजेलट र मट्टितेल १३३ रुपैयाँ पर्नेछ ।
यसैगरी, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ भने डिजेलट र मट्टितेल १३५ रुपैयाँ तोकिएको छ । यसैगरी, तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल १३६ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
