काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले प्राज्ञिक प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न रिक्त पदका लागि दरखास्त आह्वान गरेको छ ।
प्रतिष्ठानले सार्वजनिक सूचना निकालेर प्राज्ञिक, प्रशासनिक र प्राविधिक श्रेणीका विभिन्न पदहरूमा स्थायी पूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
योग्य उम्मेदवारले आगामी माघ २२ गतेसम्म दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फारामसहित आवश्यक कागजातहरू प्रतिष्ठानको प्रशासन महाशाखामा बुझाउनु पर्नेछ ।





