शिक्षक सेवा आयोगले माग्यो मावि शिक्षक
काठमाडौं । शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना गर्दै माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो ।
सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाजिकमा ५८ जना, कार्यालय संञ्चालन तथा लेखामा १३ जना, स्वास्थ्य तथा शारीरिक शिक्षामा एक जना, कम्प्युटर विज्ञानमा ५ जना, शुक्लयजुर्वेद दुई जना, संस्कृत व्याकरण दुई जना, सिद्धान्त ज्योतिषमा एक जना र फलित ज्योतिषमा एक जना गरी ४४९ जना शिक्षक माग गरेको छ ।
आयोगले जारी गरेको सूचना अनुसार मावि तहका ४ सय ४९ शिक्षक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ ३ गतेदेखि फागुन ३ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर फागुन ११ गतेसम्म आयोगको अनलाइन प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
