कुन–कुन जिल्लामा भयो आज हिमपात ?
जानकारी केन्द्र
२०८२, माघ, ११
काठमाडौं । शुक्रबार रातिदेखि बैतडीका उच्च लेकाली भेगमा हिमपातसहित वर्षा भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर र सत्बाझ क्षेत्रमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको छ । लामो समयपछि वर्षा हुँदा किसानमा खुसीयाली छाएको छ ।
हुम्लामा पनि यस वर्षकै पहिलो पटक हिमपात भएको छ । तल्लो क्षेत्रमा वर्षा र माथिल्लो भेग सिमकोट र नाम्खामा हिमपात भइरहेको छ । हिमपातका कारण हिल्सा जाने सडक अवरुद्ध भएको छ ।
यस्तै, रुकुमपूर्वमा जारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । लुकुम–पातिहाल्ना खण्डमा गाडी फस्दा यात्रुहरू बिचल्लीमा परेका छन् । सुरक्षाकर्मी र स्थानीय तहले उद्धार तथा सडक खुलाउने प्रयास गरिरहेका छन् ।
सम्बन्धित समाचार
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
आज तराईका केही स्थानमा हुस्सु लाग्ने
यस्तो छ आजको मौसम पुर्वानुमान
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
अविरल वर्षापछि कृष्णभीरमा पहिरो, सडक आवागमन प्रभावित
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
