काठमाडौं । शुक्रबार रातिदेखि बैतडीका उच्च लेकाली भेगमा हिमपातसहित वर्षा भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर र सत्बाझ क्षेत्रमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको छ । लामो समयपछि वर्षा हुँदा किसानमा खुसीयाली छाएको छ ।
हुम्लामा पनि यस वर्षकै पहिलो पटक हिमपात भएको छ । तल्लो क्षेत्रमा वर्षा र माथिल्लो भेग सिमकोट र नाम्खामा हिमपात भइरहेको छ । हिमपातका कारण हिल्सा जाने सडक अवरुद्ध भएको छ ।
यस्तै, रुकुमपूर्वमा जारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । लुकुम–पातिहाल्ना खण्डमा गाडी फस्दा यात्रुहरू बिचल्लीमा परेका छन् । सुरक्षाकर्मी र स्थानीय तहले उद्धार तथा सडक खुलाउने प्रयास गरिरहेका छन् ।





