• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ चैत २०८२, मङ्गलबार
१७ चैत २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
  • १७ घण्टा 

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • १९ घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • १९ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • २० घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • २ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • २ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ९. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित रेडमी नोट १५ नेपालमा : कतिपर्छ मुल्य ?

जानकारी केन्द्र २०८२, माघ, ३०

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन ‘रेडमी नोट १५’ नेपाली बजारमा सार्वजनिक गरेको छ। आकर्षक डिजाइन, उत्कृष्ट कार्यसम्पादन, जीवन्त डिस्प्ले, उन्नत एआई फिचर तथा अत्याधुनिक सुरक्षा प्रविधिसहित यो स्मार्टफोन नेपालभर उपलब्ध भएको कम्पनीले जनाएको छ।

रेडमी नोट १५ मा ६,०००मेगाहर्ज क्षमताको शक्तिशाली ब्याट्री दिइएको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ। यसमा ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङ सपोर्ट छ। स्मार्ट चार्जिङ इन्जिनले ब्याट्रीको स्वास्थ्य र कार्यक्षमताको रियल–टाइम व्यवस्थापन गर्छ। कम्पनीका अनुसार, २,००० पटकसम्म चार्ज गर्दा पनि ब्याट्रीको क्षमता ८० प्रतिशतभन्दा बढी कायम रहने भएकाले ६ वर्षभन्दा बढी भरपर्दो प्रयोग सुनिश्चित हुन्छ। एकपटक फुल चार्ज गर्दा फोनले दुई दिनसम्म प्रयोग, २४ घण्टा भिडियो प्लेब्याक वा ५० घण्टासम्म कल सपोर्ट गर्न सक्छ।

ग्लासियर ब्लु,पर्पल, फोरेस्ट ग्रीन र ब्लाक रङमा उपलब्ध यो फोनको आकार १६४.०३ × ७५.४२ × ७.९४ मिलिमिटर र तौल १८३.७ ग्राम रहेको छ।  आईपी६४ डस्ट तथा वाटर रेसिस्टेन्स र वेट टर्च टेक्नोलोजी  २.० का कारण हल्का वर्षा, पानीका छिटा वा धुलोयुक्त वातावरणमा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ। पानी, पसिना वा तेल लागेको अवस्थामा पनि डिस्प्लेले सटीक रूपमा प्रतिक्रिया दिन्छ। १.८ मिटर उचाइबाट खस्दा पनि सुरक्षित रहने अल्ट्रा–ड्युरेबल डिस्प्ले ग्लास तथा बलियो मदरबोर्ड र मजबुत मिड–फ्रेमसहितको आन्तरिक संरचनाले फोनका महत्वपूर्ण पार्ट्स सुरक्षित राख्ने कम्पनीको दाबी छ।

फोटोग्राफी र अडियो क्षमतामा पनि डमी नोट १५ प्रभावशाली छ। ३एक्स अप्टिकल टेलिफोटो क्यामेराले टाढाका दृश्यहरू स्पष्ट रूपमा कैद गर्छ। १०८एमपी मुख्य क्यामेरा, २एमपी डेप्थ क्यामेरा र २०एमपी फ्रन्ट क्यामेराले २४ एमएम, २८ एमएम, ३५एमएम र ७२ एमएम फोकल लम्बाइ कभर गर्दै वाइड सटदेखि पोर्ट्रेटसम्म उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ। डुअल स्पिकर, ३०० प्रतिशत भोल्युम बुस्ट तथा डल्बी एट्मस र हाई-रेस सपोर्टका कारण यो फोन मनोरञ्जनका लागि पनि उत्कृष्ट रहेको बताइएको छ ।

यो स्मार्टफोनमा अधिकतम ८ जीबि र्याम र ५१२ जीबि स्टोरेज उपलब्ध छ, जसलाई हाइब्रिड सिम स्लटका माध्यमबाट थप विस्तार गर्न सकिन्छ। शाओमीको हाइपर मा चल्ने यो फोन ६एनएम मिडियाटेक हेलियो जी१००–अल्ट्रा चिपसेटबाट सञ्चालित छ। २.२ गिगाहर्जसम्मको अक्टा–कोर सिपीयु, माली–जी५७ एमसी२ जीपीयु,एलपीडीडीआर४एक्स र्याम र यूएफएस २.२ स्टोरेजले छरितो र स्मूथ कार्यसम्पादन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ।

रेडमी नोट १५ मा ६ जीबी १२८ जीबी, ८ जीबी १२८ जीबी, ८ जीबी २५६ जीबी र ८ जीबी ५१२ जीबी भेरियन्टमा उपलब्ध छ। यसमा एआई इरेज, एआई रिमुभ रिफ्लेक्सन, एआई ब्यूटिफाइ, एआई स्काइ र एआई बोकेजस्ता स्मार्ट एआई फिचर समावेश छन्। गुगल जेमिनी र ‘सर्कल टु सर्च’ सुविधाले प्रयोगकर्ताको अनुभव अझ सहज बनाउने बताइएको छ। फोनले एनएफसी, ब्लुटुथ ५.६, नानो सिम तथा माइक्रो एसडी समर्थन, २.४ गिगाहर्ज र ५ गिगाहर्ज वाइफाइ तथा २जी, ३जी र ४जी एलटीई एफडीडी र ४जी एलटीई टीडीडी नेटवर्क सपोर्ट गर्ने कम्पनीको दाबी छ।

दृश्य अनुभवका लागि ६.७७ इन्चको एमोलेड डिस्प्लेमा १२० हर्ज रिफ्रेस दर, १२–बिट रङ गहिराइ, उच्च कन्ट्रास्ट र ३,२०० निट्ससम्मको उच्चतम ब्राइटनेस उपलब्ध छ। ३८४० हर्ज पीडब्लुएम डिमिङ स्क्रिन फ्लिकर कम गर्दै आँखाको थकान घटाउने बताइएको छ। कम्पनीका अनुसार, डिस्प्लेले कम निलो प्रकाश, फ्लिकर–फ्री र सर्केडियन फ्रेन्डली प्रमाणपत्र प्राप्त गरेको छ। सुरक्षाका लागि इन–डिस्प्ले औँठाछाप सेन्सर र एआई फेस अनलक सुविधा दिइएको छ। टाइटन टिकाउ अवधारणामा आधारित रेडमी नोट १५ अब नेपालभर टेलिडाइरेक्ट प्रा.लि. र वत्सल इम्पेक्स प्रालिका आधिकारिक बिक्रेता सञ्जालमार्फत उपलब्ध छ। यसको ६ जीबी १२८ जीबी भेरियन्टको मूल्य रु. २९ हजार ९ सय ९९ र ८ जीबी २५६ जीबी भेरियन्टको मूल्य रु. ३५ हजार ९ सय ९९ तोकिएको कम्पनीले जनाएको छ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • रेडमी
  • रेडमी नोट १५
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

ताजा

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.