चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कक्षा–१२ का लागि सञ्चालन गरिने प्याब्सन एसएलसीप्रि–बोर्ड परीक्षा–२०८२ आगामी चैत्र १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।
प्याब्सन केन्द्रीय परीक्षा विभागको माघ २४ गते बसेको बैठकले विगत वर्षहरूझैं यस वर्ष पनि प्रि–बोर्ड परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। सो निर्णयबारे केन्द्रीय कार्यसमितिले प्रदेश तथा जिल्ला कार्यसमितिहरूलाई पत्रमार्फत जानकारी गराएको बताइएको छ।
केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटवालले प्याब्सन आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरूलाई उक्त परीक्षा अनिवार्य रूपमा सञ्चालन गरी सहभागी हुन निर्देशन दिएका छन्। उनले परीक्षा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गर्न सम्बन्धित विद्यालय र निकायलाई आग्रह गरेका छन्।
प्याब्सनका अनुसार परीक्षा तालिका तथा अन्य विस्तृत विवरण आगामी सूचनामार्फत सार्वजनिक गरिनेछ। यस वर्षको प्रि–बोर्ड परीक्षा व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न संगठनले विशेष ध्यान दिएको जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
