• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१७ चैत २०८२, मङ्गलबार
१७ चैत २०८२, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
  • १७ घण्टा 

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
  • १९ घण्टा 

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु
  • १९ घण्टा 

दुई दिनको गिरावट तोड्दै नेप्से उकालो, बजारमा सुधारको संकेत
  • २० घण्टा 

२०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु
  • २ दिन 

निजामती कर्मचारी अस्पताल र ट्रक व्यवसायी महासंघबिच सम्झौता
  • २ दिन 

यामाहाको एफजेडएस एफआई हाइब्रिड मोटरसाइकल एक हप्तामै सोल्ड आउट : प्रि-बुकिङ खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८२ चैत १२ गते बिहीबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. विशेष अफरसहित साओमी १७ अल्ट्राको प्रि–अर्डर नेपालमा सुरु

  • ३. २०८२ चैत १३ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. वाडा अटो शो २०२६ मा बीवाईडी गाडी किन्दा विशेष अफर सार्वजनिक

  • ५. प्यासेन्जर कार सेगमेन्टमा टोटल इनर्जिजले नेपालमा भित्र्यायो पहिलो नयाँ लुब्रिकेन्ट प्रविधि

  • ६. पोखरामा आयोन र एक्सपेंग सहित सीजि मोटसको मेगा सेल्स एण्ड एक्सचेन्ज कार्भीनल क्याम्प आयोजना

  • ७. बालेन शाहले लिए प्रधानमन्त्रीको सपथ

  • ८. २०८२ चैत १४ गते शनिबार यस्तो रहेको छ तपाई भाग्य, हेर्नुहोस् राशिफल

  • ९. लाटाङमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कबिहिन

  • १०. नवनिर्वाचित सांसदद्धारा शपथ ग्रहण सम्पन्न

निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर

जानकारी केन्द्र २०८२, माघ, ३०

काठमाडौं । टिकटकले आज नेपालमा ‘इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाचनअघि प्रयोगकर्तालाई सही, भरपर्दो र आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेको बताइएको छ।

सन् २०२० देखि विश्वभर २०० भन्दा बढी निर्वाचनमा टिकटकले सञ्चालन गर्दै आएका निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने प्रयासहरूको निरन्तरता स्वरूप यो पहल सुरु गरिएको जनाइएको छ। यसले प्रयोगकर्तालाई विश्वसनीय जानकारीसँग जोड्दै हानिकारक कन्टेन्ट हटाउने टिकटकको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

यस पहलअन्तर्गत टिकटकले निर्वाचन आयोग, नेपालसँग निर्वाचनको निष्पक्षता र नैतिकतालाई सहयोग गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको बताइएको छ। साथै, टिकटकले आयोग परिसरमा निर्वाचनको निष्पक्षता र नैतिकता कायम गर्ने विषयको सन्दर्भमा क्षमता अभिवृद्धि कार्यशाला सञ्चालन गरेको थियो, जसमा जिम्मेवार डिजिटल सहभागिताको प्रवर्द्धन, भ्रामक सूचनासँग जुध्ने उपाय तथा सरोकारवालाहरूबीच निर्वाचनको नैतिकता सम्बन्धि बुझाईलाई बलियो बनाउने विषयमा केन्द्रित रहेर छलफल भएको थियो।

एपभित्रको ‘इलेक्सन सेन्टर’ निर्वाचन आयोगसँगको सहकार्यमा विकास गरिएको हो, जसले एकै स्थानबाट आधिकारिक र विश्वसनीय निर्वाचनसम्बन्धी जानकारी पाउन सहज बनाउँछ। यस केन्द्रमा नेपालको निर्वाचन प्रक्रिया, कहाँ र कसरी मतदान गर्ने भन्ने जानकारी, भ्रामक सूचना पहिचान गर्ने सुझाव तथा आयोगका आधिकारिक स्रोतहरूसँग प्रत्यक्ष जोड्ने लिंक उपलब्ध छन्। साथै, टिकटकले सम्बन्धित कन्टेन्ट र सर्चहरूमा निर्वाचन ट्याग प्रयोग गरी प्रयोगकर्तालाई सिधै ‘इलेक्सन सेन्टर’ मा मार्गनिर्देशन गर्ने जनाइएको छ।

“निर्वाचन कुनै पनि लोकतन्त्रका लागि अत्यन्त महत्वपूर्ण क्षण हो र सार्वजनिक संवादमा प्रभाव पार्ने प्लेटफर्मका रूपमा टिकटकले आफ्नो जिम्मेवारी बुझेको छ। यस सहकार्यमार्फत हामीले सुसूचित सहभागिताको प्रवर्द्धन गर्ने, शान्तिपूर्ण वातावरण सुदृढ गर्ने र सकारात्मक डिजिटल अभिव्यक्तिका लागि सुरक्षित स्थान प्रदान गर्ने लक्ष्य राखेका छौं। ‘इलेक्सन सेन्टर’ले नेपाली प्रयोगकर्तालाई उनीहरू जहाँ छन्, त्यहीँबाट मतदानसम्बन्धी आधिकारिक जानकारी सहज रूपमा उपलब्ध गराउन मद्दत गर्नेछ,” दक्षिण एसियाका लागि टिकटकका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दौस मोत्ताकिनले भने।

यो पहल टिकटकले आफ्ना प्रयोगकर्तालाई प्लेटफर्ममा उपलब्ध कन्टेन्ट र अकाउन्टबारे आवश्यक सन्दर्भ जानकारी उपलब्ध गराउने व्यापक प्रयासको एक हिस्सा हो। टिकटकले हानिकारक भ्रामक सूचना र भ्रामक व्यवहारविरुद्ध कडा नीति लागू गरेको छ, जसमा एड्भान्स मोडरेशन प्रविधि र विश्वभरका हजारौं सुरक्षा विज्ञहरूको समर्थन रहेको छ। यसमा नेपालका लागि समर्पित ‘इलेक्सन टास्कफोर्स’ समेत परिचालन गरिएको बताइएको छ।

यी नीतिअनुसार हानिकारक भ्रामक सूचना निषेध गरिएको छ। अपुष्ट कन्टेन्टमा लेबल लगाइने, सिफारिसका लागि अयोग्य बनाइने वा सेयर गर्नु अघि प्रयोगकर्तालाई पुनर्विचार गर्न सुझाव दिइने जस्ता उपाय अपनाइन्छ। सामग्रीको सत्यता मूल्याङ्कन गर्न टिकटकले विश्वभरका २० भन्दा बढी तथ्य जाँच गर्ने संस्थासँग सहकार्य गर्दै आएको जनाइएको छ।

टिकटक आफ्नो प्लेटफर्ममा स्वाभाविक अन्तरक्रियालाई कमजोर पार्ने प्रयासविरुद्ध सधैं सतर्क छ। गोप्य प्रभावहरूको सञ्चालन, नक्कली पहिचान तथा बोट नेटवर्क जस्ता कृत्रिम संलग्नता निषेध गरिएको छ। यस्ता गतिविधिविरुद्ध गरिएका कारबाहीहरू टिकटकले आफ्नो ‘ट्रान्सपेरेन्सी सेन्टर’ मार्फत प्रत्येक महिना सार्वजनिक गर्दछ।

प्रयोगकर्ताको सुरक्षाका लागि टिकटकले यथार्थपरक एआई-निर्मित कन्टेन्ट(AIGC) लाई अनिवार्य रूपमा लेबल गर्नुपर्ने व्यवस्था गरेको छ। साथै, C2PA Content Credentials जस्ता प्रविधि प्रयोग गरी अन्य प्लेटफर्ममा सिर्जित एआई कन्टेन्ट समेत पहिचान गर्न सकिन्छ। लेबल गरिएको भए पनि सार्वजनिक व्यक्तिलाई गलत रूपमा समर्थन गरेको देखाउने वा हैरानी/दुर्व्यवहार देखाउने जस्ता हानिकारक एआई कन्टेन्ट टिकटकमा अनुमति छैन। आगामी आम निर्वाचनको सन्दर्भमा निर्वाचन नैतिकता सम्बन्धी आफ्ना प्रयासबारे टिकटकले आफ्नो ‘ग्लोबल इलेक्सन इन्टेग्रिटी हब’ मार्फत निरन्तर अपडेट सार्वजनिक गर्दै जाने बताइएको छ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • TikTok
  • इलेक्सन सेन्टर
  • टिकटक
  • निर्वाचन आयोग
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु
शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास
नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

ताजा

२०८२ चैत १८ गते बुधबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा उपलब्ध टिभीएस एनट्रक १२५ रेस एक्सपी स्कुटर: यस्ता छन् फिचरहरु

शिक्षामन्त्री पोखरेलको योजनाः विद्यालय पाठ्यक्रममा खेलकुद अनिवार्य गर्ने प्रयास

नेपालमा उपलब्ध टाटा कर्भ इभीः यस्ता छन् फिचरहरु

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.