पोकोको कमब्याक: टेलिटकसँग साझेदारी गर्दै एक्स ७ प्रो, एफ ७ र एफ ८ प्रो सार्वजनिक
काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी; सायोमिको स्वामित्वमा रहेको चर्चित स्मार्टफोन पोको (POCO) ब्रान्ड नेपाली बजारमा औपचारिक रुपमा कमब्याक गरेको छ । गेमिङ र मल्टिटास्किङ स्मार्टफोनको रुपमा युवामाझ लोकप्रिय रहेको पोकोको कमब्याकले स्मार्टफोन बजारमा प्रतिस्पर्धा बढाउने अनुमान गरिएको जनाइएको छ ।
तीन वर्षपछि टेलिटक प्राइभेट लिमिटेडसँग साझेदारी गर्दै पोकोले तीनवटा अत्याधुनिक स्मार्टफोनसमेत लन्च गरेको हो। नयाँ फिचरसहित लन्च गरिएको पोको एक्स ७ प्रो ५ जी, पोको एफ ७ प्रो ५ जी र पोको एफ ८ प्रो ५ जी मोडेलमा छिटो र तीव्र रुपमा काम गर्ने चिपसेटहरू, धेरै लामो समयसम्म टिक्ने ब्याट्री र आधुनिक फिचरहरू समावेश भएको कम्पनिले बताएको छ । यसले ब्रान्डको ‘पर्फमेन्स फर्स्ट’ अर्थात् ‘प्रदर्शन सर्वोत्कृष्ट’ भन्ने दर्शनलाई जीवन्त बनाउने विश्वास रहेको पनि कम्पनीको दाबी रहेको छ ।
तीन मोडेलहरू लन्च भएपछि आफ्नो धारणा व्यक्त गर्दै टेलिटकका कार्यकारी निर्देशक प्रतिक जालानले भने – ‘‘हामी पोकोलाई फेरि नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित भएका छौं, बलियो र छिटो काम गर्नसक्ने चिपसेटहरू र लामोसमय टिक्ने ब्याट्रीसँगै नयाँ फिचरसहित डिजाइन गरिएका छन्, यसले बिना कुनै सम्झौता गेम खेल्ने, एकैपटक धेरै कार्य गर्ने र निरन्तर कनेक्टेड रहने सुविधा प्रदान गर्नेछन्।’’ नेपालीको दैनिकीलाई सहज र सरल बनाउनु नै पोकोको मूल मर्म भएको बताउँदै उत्कृष्ट अनुभव प्रदानका लागि सधैं प्रतिबद्ध रहने पनि उनले बताए।
फ्ल्यागशिप मोडेल पोको एफ ८ प्रो मा क्वालकम एसएस ८७५० एबि स्नापड्रागन ८ एलिट प्रोसेसर(३ एनएम )छ, जसमा अक्टा-कोर ४.३२ गिगाहर्ज कन्फिग्रेसन रहेको कम्पनिले जनाएको छ । यसमा ६.५९ इन्चको आई-केयर एमोलेड डिस्प्ले छ, जसको रिफ्रेस रेट १२० हर्ज छ। ६२१० मेगाहर्ज ब्याट्रीसँग १०० वाट फास्ट चार्जिङ सपोर्ट, १२ जिवि र्याम + ५१२ जिवि रोम र एन्ड्रोइड १६ अपरेटिङ सिस्टममा आधारित हाइपर ओएस ३ रहेकाले यो स्मार्टफोनले उत्कृष्ट प्रदर्शन गर्ने बताइएको छ।
ध्वनि गुणस्तरका लागि स्टेरियो स्पिकरहरूमा डल्बी एटमस, बोस द्वारा ट्युन गरिएको र हाई-रेस अडियो सपोर्ट जनाइएको छ । क्यामेरामा वाइड, टेलिफोटो र अल्ट्रावाइड लेन्सहरूको ट्रिपल सेटअप छ, जसले अनेकौँ प्रकारका बहुउपयोगी फोटोग्राफीलाई सम्भव बनाउने बताइएको छ । यसमा आइपि ६८ रेटिङको सुविधा छ, जसले पानी र धुलोबाट सुरक्षा प्रदान गर्छ। यो फोन टाइटेनियम सिल्भर, निलो र कालो रङहरूमा उपलब्ध रहेको कम्पनिले जनाएको छ।
त्यस्तै अर्को मोडेल पोको एफ ७ प्रो ५ जि मा मिडियाटेक डाइमेन्सिटी ८४०० अल्ट्रा चिपसेट (४ एनएम ) छ, जसमा अक्टा-कोर ३.२५ गिगाहर्ज प्रोसेसर छ। ६.६७ इन्चको क्रिस्टलरेस एमोलेड डिस्प्ले (१२० हर्ज रिफ्रेस रेट) सँगै ६००० मेगााहर्ज ब्याट्री र ९० वाट हाइपरचार्ज फिचर रहेको बताइएको छ । एन्ड्रोइड १५ र हाइपर ओ एस २ मा आधारित यो फोन १२ जिवि र्याम + ५१२ जिवि रोमसँगै आउँछ। स्टेरियो स्पिकरहरू र हाई-रेस अडियो सपोर्टसँगै क्यामेरामा वाइड र अल्ट्रावाइड लेन्सहरूको डुअल सेटअपको सुविधा छ। यो कालो, हरियो र पहेंलो रङहरूमा उपलब्ध छ। यसमा पनि आइपि ६८ रेटिङ छ, जसले पानी र धुलोबाट सुरक्षा प्रदान गर्ने कम्पनीको दाबी छ।
त्यसैगरि पोको एफ ७ प्रो ५ जीमा क्वालकम एसएम ८७३५ स्नापड्रागन ८ एस जेन ४ प्रोसेसर ( ४ एनएम ) छ, जसमा अक्टा-कोर (अक्टा कोर) ३.२१ गिगाहर्ज छ। ६.८३ इन्चको १.५ के एमोलेड अल्ट्रा-ब्राइट डिस्प्ले (१२० हर्ज) सँगै ६५०० मेगाहर्ज ब्याट्री, ९० वाट वायर्ड चार्जिङ र २२.५ वाट रिभर्स वायर चार्जिङ फिचर छन्। एन्ड्रोइड १५ मा आधारित यो फोन १२ जिवि र्याम+ ५१२ जिवि रोमसँगै आउने कम्पनिले बताएको छ।
स्टेरियो स्पिकरहरूसँगै क्यामेरामा वाइड र अल्ट्रावाइड लेन्सहरू छन्। सिल्भर रङमा उपलब्ध यो मोडेलमा पनि आइपि ६८ रेटिङको सुविधा भएकाले पानी र धुलोबाट सुरक्षा प्रदान गर्ने कम्पनिले जनाएको छ।
यी तीनै मोडेलहरूमा अगाडि सिंगल सेल्फी क्यामेराहरू छन्, जसले उच्च गुणस्तरको सेल्फी र भिडियो कलिङको सुविधा प्रदान गर्ने बताइएको छ । टेलिटक प्राइभेट लिमिटेडसँगको साझेदारीले पोकोका उत्पादनहरू देशभरका बजारमा सहज रुपमा उपलब्ध हुने र बिक्रीपछि भरपर्दो सेवा प्रदान गर्ने कम्पनीको अपेक्षा छ।
कम्पनीले पोको एक्स ७ प्रोको बजार मूल्य रु. ५५ हजार ९ सय ९९ तोकेको छ। कम्पनीका अनुसार, त्यस्तै पोको एफ ७ को मूल्य रु. ६९ हजार ९ सय ९९ र पोको एफ ८ प्रोको रु. ९९ हजार ९ सय ९९ मूल्य तोकिएको छ। उपभोक्ताको हितलाई मध्यनजर गर्दै पोकोले ९ महिनासम्म ईएमआईको सुविधा पनि दिएको छ भने सबै मोडेलहरूमा १ वर्षको ब्रान्ड वारेन्टी सुविधासमेत रहेको जनाइएको छ । पोकोका यी नयाँ स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरूम तथा आउटलेटहरूमा उपलब्ध रहेको कम्पनिले बताएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

