Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, फाल्गुन, ४
नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा ५८ जना कर्मचारी स्थायी रुपमा नियुक्त गर्न दरखास्त आह्वान गरेको छ। बैंकले खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्न लागिएको जनाएको छ।

बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) तथा सहायक पदमा आवेदन माग गरेको छ। सम्बन्धित पदका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पुगेका उम्मेदवारले अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

इच्छुक उम्मेदवारले फागुन २१ गतेसम्म नियमित शुल्कमा आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तूर तिरी फागुन २८ गतेसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ। आवेदन प्रक्रिया, योग्यता तथा विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।

Top Changing Nepal

युट्युब सट्स