कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, परीक्षा वैशाख १४ गतेबाट २७ सम्म हुने
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय,सानोठिमीले कक्षा १२ को आगामी वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विवरणअनुसार शैक्षिक सत्र २०८३ को परीक्षा वैशाख १४ गतेबाट प्रारम्भ भई वैशाख २७ गतेसम्म सञ्चालन हुने परीक्षा बोर्डले जनाएको छ ।
प्रकाशित सुचनामा साधारण,प्राविधिक तथा परम्परागत धारका नियमित र आंशिक दुवै प्रकारका परीक्षार्थी समेटिएका छन् । रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९,८०,८१ र ८२ मा भएका आंशिक विधार्थीहरु समेत यस तालिकाअनुसार परीक्षामा सहभागी हुनेछन । परीक्षा समय बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालन हुने बताइएको छ ।
कार्यतालिका अनुसार पहिलो दिन नियमिततर्फ अनिवार्य अङे्ग्रेजी विषयको परीक्षा हुनेछ । दोस्रो दिन अनिवार्य नेपाली लिइनेछ भने नेपालीको सट्टा ऐच्छिक अङ्ग्रेजी अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको परीक्षा पनि सोहि दिन राखिएको छ । तेस्रो दिन आंशिक परीक्षार्थीका लागि अनिवार्य अङग्रेजी तथा प्राविधिक धारतर्फ सामाजिक अध्ययन विषयको परिक्षा तोकिएको छ । त्यस्तैगरी क्रमशः लेखा,भौतिक शास्त्र,रशायनशास्त्र,जिवविज्ञान,अर्थशास्त्र लगायत अन्य विषयहरुको परीक्षा सञ्चालन गरिनेछ । परीक्षाको कार्यतालिका सम्बन्धि पुरा जानकारी( Rastriya paricchhya board class 12 2082 ) बाट प्राप्त गर्न सकिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थीहरुलाई निर्धारित समयभन्दा कम्तिमा पनि ३० मिनेट अगावै परीक्षा केन्द्रमा उपस्थित हुन आग्रह गरको छ । परीक्षा सुरु भएको १५ मिनेट नाघेपछि आउनेलाई प्रवेश अनुमति नदिइने स्पष्ट पारिएको छ । साथै,मोबाइल फोन,स्मार्ट वाच जस्ता विद्युतिय सामाग्री परीक्षा हलभित्र लैजान रोक लगाइएको छ ।
बोर्डले अनुपस्थित परीक्षार्थीका लागी पुनः परीक्षा नहुने स्पष्ट गर्दै निर्धारित मिति र समयमै तयारीका साथ उपस्थित हुन सबै विद्यार्थीलाई अनुराध गरेको छ ।
सम्बन्धित समाचार
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
