गण्डकी प्रदेशमा नेसनल प्याब्सनको दोस्रो अधिवेशन सम्पन्न, सिकन्दर गुरुङको अध्यक्षतामा ९ सदस्यीय समिति गठन
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङलाई निर्वाचित गरेको छ भने उनको नेतृत्वमा ९ सदस्यीय प्रदेश समिति गठन गरिएको छ। समितिमा उपाध्यक्ष चेतनाथ भण्डारी, सचिव बालचन्द्र घिमिरे, कोषाध्यक्ष शिव गुरुङ र सदस्यहरू तारा भट्राई, गणेश मल्ल, प्रेम भण्डारी तथा भोजराज अधिकारी रहेका छन्।
अधिवेशनको अध्यक्षता केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समायोजन समन्वय समितिका संयोजक तिलकबहादुर चौहानले गरेका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित थिए भने वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई र महासचिव प्रतापबहादुर थापा विशेष अतिथिका रूपमा सहभागी भएका थिए। अधिवेशनको सञ्चालन गण्डकी प्रदेश सचिव सिकन्दर गुरुङ र केन्द्रीय सचिव शान्ता तामाङले गरेका थिए।
नव निर्वाचित अध्यक्ष सिकन्दर गुरुङले प्रदेशस्तरीय शैक्षिक सुधार र निजी विद्यालयहरूको हित सुनिश्चित गर्न आफ्नो नेतृत्वमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले विद्यालयहरूबिच सहकार्य र अनुभव साटासाटलाई पहिलो प्राथमिकता दिइने बताए। केन्द्रीय महासचिव प्रतापबहादुर थापाले अधिवेशनले गण्डकी प्रदेशमा निजी तथा आवासीय विद्यालयहरूको साझा आवाज अझ बलियो बनाएको उल्लेख गर्दै सबै सदस्यहरू मिलेर शिक्षाको गुणस्तर सुधारमा योगदान दिने बताए।
वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराईले नेसनल प्याब्सनले प्रदेशमा शिक्षा गुणस्तर सुधार र शिक्षक तथा विद्यार्थीका हितमा ठोस कदम चाल्ने बताए। उनले नयाँ नेतृत्वले यस अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरे। अधिवेशनले आगामी दिनमा प्रदेशमा शैक्षिक विकास र विद्यालयहरूको सशक्तिकरणमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ। त्यस्तै केन्द्रिय वरिष्ठ उपाध्यक्ष अधिकारीले नेसनल प्याब्सनले आउँदो दिनमा निरन्तर काम गर्दै प्रदेशस्तरीय शैक्षिक सुधारमा महत्वपूर्ण योगदान दिने बताए ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

