मनांग, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
काठमाडौं । स्कोडाले कायलाकलाई नेपालको सबैभन्दा चुनौतीपूर्ण र कठिन सडक मार्गहरू मनांग, ढोरपाटन र तीनजुरेमा सफलतापूर्वक परीक्षण गरेको छ। यी क्षेत्रहरू ठाडो उकालो–ओरालो, बिग्रेभत्केका सडक, साँघुरा मोड र छिटो बदलिने मौसमका कारण नेपाली चालकहरूबीच कठिन मार्गका रूपमा चिनिन्छन्। कम्पनीका अनुसार, कायलाकलाई वास्तविक भौगोलिक अवस्थामै परीक्षण गरेर स्कोडाले यस एसयुभी नेपाली सडकका दैनिक चुनौतीका लागि तयार रहेको स्पष्ट पारेको छ।
उच्च हिमाली भेगका यस्ता धेरै मार्गहरू यात्रा सुरु गर्नुअघि नै चुनौतीपूर्ण मानिन्छन्। लामो उकालो, खुकुलो सतह र अनिश्चित सडक अवस्थाका कारण धेरै सवारीसाधन सहज रूपमा गन्तव्यसम्म पुग्न संघर्ष गर्छन्। कहिलेकाहीँ चालकहरूलाई बीच बाटोमै फर्किनु पर्ने वा वैकल्पिक यातायात रोज्नुपर्ने अवस्था पनि आउँछ। तर स्कोडा नेपालले गरेको परीक्षणमा कायलाकले बलियो पावर डेलिभरी र भरपर्दो ट्र्याक्सनका कारण कठिन उकालोहरू स्थिर र विश्वसनीय तरिकाले पार गरेर देखाएको कम्पनीले जनाएको छ।
हालै हिमालय टिभीमा प्रसारित “द फ्याब शो” कार्यक्रममा घुमन्ते टीमका चर्चित ट्राभल भ्लगर मनिष रुचालले स्कोडा कायलाक मार्फत ढोरपाटनको यात्रा अनुभव साझा गर्दै भने, “ढोरपाटनका चुनौतीपूर्ण सडकमा पनि हाम्रो आत्मविश्वास कहिल्यै डगमगाएन। गाडीको प्रभावशाली टर्क र पावरले हरेक अवरोध सहजै पार गर्यो, जसले यात्रालाई अविस्मरणीय बनायो।”
यी सबै परीक्षणहरूले कायलाक नेपालको विविधतायुक्त सडक वातावरणका लागि उपयुक्त रहेको पुष्टि गर्दछ। स्कोडाको युरोपेली इन्जिनियरिङ आधारमा निर्मित यस एसयुभीले स्थिर ह्यान्डलिङ, मजबुत ग्रिप र अचानक बदलिने सडक अवस्थामा समेत निरन्तर प्रदर्शन प्रदान गर्दछ। यसले कायलाक केवल सहरका लागि मात्र होइन, नेपालको पहाड र राजमार्गका लागि पनि तयार गरिएको एसयुभी भएको सन्देश दिन्छ।
यस क्षमतामा ठूलो योगदान कायलाकको अटोमेटिक ट्रान्समिसन विकल्पको छ। विशेषगरी कायलाकको अटोमेटिक भेरियन्टमा प्रयोग गरिएको “रियल अटोमेटिक” भनिने टर्क कन्भर्टर प्रणाली स्मूथनेस, टिकाउपन र विश्वसनीयताका लागि परिचित छ। बिना झट्का सहज रूपमा गियर परिवर्तन हुने भएकाले यसले सहरको ट्राफिकमा आरामदायी अनुभव दिन्छ भने राजमार्ग र ठाडो उकालोमा पनि स्थिर एक्सेलेरेशन र आत्मविश्वासी प्रदर्शन सुनिश्चित गर्दछ।
“पावर फर द पिक्स” ट्यागलाइन सहित प्रस्तुत स्कोडा कायलाक नेपालको अनिश्चित र चुनौतीपूर्ण सडककै लागि तयार अटोमेटिक एसयुभीको रूपमा उभिएको छ। मनांग, ढोरपाटन र तीनजुरेमा प्रमाणित प्रदर्शनसँगै नेपाली ग्राहकबीच यसको प्रतीक्षा र विश्वास झन् बलियो बन्दै गएको कम्पनीले जनाएको छ। आराम, नियन्त्रण र विश्वसनीयता एउटै प्याकेजमा खोज्ने चालकका लागि कायलाक नेपालको कठिन यात्रादेखि दैनिक ड्राइभसम्मका लागि तयार एसयुभीको रूपमा स्थापित हुँदै आएको बताइएको छ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?