दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी
काठमाडौँ । विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै दोस्रो रेडियन्ट शैक्षिक मेला विहिबारदेखि सुरू भएको छ। ललितपुरस्थित रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा दुई दिनसम्म चल्ने मेलाको उद्घाटन ललितपुर जिल्ला विकास तथा समन्वय ईकाईका प्रमुख प्रकाश सापकोटाले गरेका छन्।
मेलामा हेल्थ क्याम्प, फुड स्टल, विज्ञान प्रदर्शनी, कारखाना साइन्स स्टल, आर्ट एण्ड क्राफ्ट, फेसियल पेन्ट र विभिन्न विषयगत स्टलहरू सञ्चालन हुनेछन्। स्कूलका संस्थापक प्राचार्य डिके ढुंगानाले विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी, उनीहरूको सर्वाङ्गीण विकासका लागि विगत २७ वर्षदेखि क्रियाशील रहेको बताए। उनले भने, “यो मेलाले विद्यार्थीका सीप र सिर्जनात्मक क्षमताको प्रत्यक्ष प्रदर्शनको अवसर प्रदान गर्नेछ।”
मेलामा विद्यार्थीले वर्षभर सिकेका सीप र परियोजनाहरू प्रदर्शनी मार्फत देखाउने योजना रहेको बताइएको छ। विद्यालयका म्यानेजर जीवन सापकोटाले मेलामा अभिभावक र आम दर्शकहरूले विद्यार्थीहरूले सिकेका सीपहरू कसरी आत्मसात गरेका छन् भन्ने प्रत्यक्ष अनुभव गर्न सकिने बताए ।
पहिलो दिन रेडियन्टका आफ्नै विद्यार्थी र अभिभावकहरूको सहभागीता रहने छ भने दोस्रो दिन ३० भन्दा बढी विद्यालयका विद्यार्थी र शिक्षकहरूले मेलाको अवलोकन गर्ने कार्यक्रम रहेको छ। प्राचार्य ढुंगानाले यो कार्यक्रम विद्यार्थीहरूको शैक्षिक र समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
