दोस्रो रेडियन्ट शैक्षिक मेला सुरू,आफ्ना सीप र सिर्जनात्मक क्षमता प्रदर्शन गर्दै विद्यार्थी
काठमाडौँ । विद्यार्थीको सर्वाङ्गीण विकासमा जोड दिँदै दोस्रो रेडियन्ट शैक्षिक मेला विहिबारदेखि सुरू भएको छ। ललितपुरस्थित रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा दुई दिनसम्म चल्ने मेलाको उद्घाटन ललितपुर जिल्ला विकास तथा समन्वय ईकाईका प्रमुख प्रकाश सापकोटाले गरेका छन्।
मेलामा हेल्थ क्याम्प, फुड स्टल, विज्ञान प्रदर्शनी, कारखाना साइन्स स्टल, आर्ट एण्ड क्राफ्ट, फेसियल पेन्ट र विभिन्न विषयगत स्टलहरू सञ्चालन हुनेछन्। स्कूलका संस्थापक प्राचार्य डिके ढुंगानाले विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखी, उनीहरूको सर्वाङ्गीण विकासका लागि विगत २७ वर्षदेखि क्रियाशील रहेको बताए। उनले भने, “यो मेलाले विद्यार्थीका सीप र सिर्जनात्मक क्षमताको प्रत्यक्ष प्रदर्शनको अवसर प्रदान गर्नेछ।”
मेलामा विद्यार्थीले वर्षभर सिकेका सीप र परियोजनाहरू प्रदर्शनी मार्फत देखाउने योजना रहेको बताइएको छ। विद्यालयका म्यानेजर जीवन सापकोटाले मेलामा अभिभावक र आम दर्शकहरूले विद्यार्थीहरूले सिकेका सीपहरू कसरी आत्मसात गरेका छन् भन्ने प्रत्यक्ष अनुभव गर्न सकिने बताए ।
पहिलो दिन रेडियन्टका आफ्नै विद्यार्थी र अभिभावकहरूको सहभागीता रहने छ भने दोस्रो दिन ३० भन्दा बढी विद्यालयका विद्यार्थी र शिक्षकहरूले मेलाको अवलोकन गर्ने कार्यक्रम रहेको छ। प्राचार्य ढुंगानाले यो कार्यक्रम विद्यार्थीहरूको शैक्षिक र समग्र विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

