आईसीसी टी–२० विश्वकप : सुपर–८ मा आज दुई महत्वपूर्ण खेल हुँदै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर–८ चरणका दुई रोमाञ्चक खेल आज हुँदैछन्।
पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड आमनेसामने हुनेछन्। इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारसहित उपविजेता बन्दै सुपर–८ मा प्रवेश गरेका हुन् । यस्तै, श्रीलंका समूह ‘बी’बाट समान तीन जित र एक हारका साथ उपविजेता बन्दै अघिल्लो चरण पार गरेको हो। दुवै टोलीबीचको खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ।
आजै हुने दोस्रो खेलमा साविक विजेता भारत र अघिल्लो संस्करणको उपविजेता दक्षिण अफ्रिका बीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ७:१५ बजे सुरु हुनेछ। भारत समूह ‘ए’को विजेता बनेको हो भने दक्षिण अफ्रिका समूह ‘डी’को शीर्ष स्थानमा रहँदै सुपर–८ मा पुगेको हो। दुवै टोली समूह चरणमा अपराजित रहन सफल भएका थिए।
शनिबारदेखि सुरु भएको सुपर–८ चरणको पहिलो खेल वर्षाले प्रभावित बनेको थियो। उक्त खेलमा न्युजिल्याण्ड र पाकिस्तानले अंक बाँडेका थिए।
२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन्।
सुपर–८ को समूह विभाजनअनुसार समूह ‘१’ मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे रहेका छन् भने समूह ‘२’ मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

