“मायासँग मायाको यात्रा” मार्फत यामाहा नेपालले मनायो प्रेमको उत्सव
काठमाडौं । यामाहा नेपालले विशेष भ्यालेन्टाइन सप्ताह अभियान “मायासँग मायाको यात्रा” मार्फत देशभर प्रेम र खुसी बाँडेको छ। यस अभियानले प्रेमको भावनालाई उत्सवका रूपमा मनाउँदै यामाहाको ग्राहक–केन्द्रित सोच र देशव्यापी उपस्थितिलाई बलियो बनाएको बताइएको छ। कम्पनीका अनुसार अभियानले नेपालको सातै प्रदेश समेट्दै यामाहाको पहुँचलाई व्यापक बनाएको छ।
अभियान अन्तर्गत यामाहाले आफ्नो सवारी साधन हस्तान्तरण प्रक्रियामा मिठास र सम्झनायोग्य स्पर्श थपेको थियो। भ्यालेन्टाइन सप्ताहका दौरान नयाँ यामाहा मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकलाई यामाहाको तर्फबाट कस्टमाइज्ड चकलेट प्रदान गरिएको थियो। साथै, शोरूमहरूमा भ्यालेन्टाइन थिमका कार्यक्रमहरू आयोजना गरी ग्राहकलाई विशेष महसुस गराउने प्रयास गरिएको थियो।
यस अभियानमा राष्ट्रव्यापी फोटोबुथ प्रतियोगिता पनि समावेश गरिएको थियो। देशभरका यामाहा शोरूमहरूमा भ्यालेन्टाइन थिममा सजिएका फोटोबुथ स्थापना गरिएका थिए, जहाँ ग्राहकहरूले आफ्ना रमाइला क्षणहरू कैद गरी सामाजिक सञ्जालमा शेयर गरेका थिए। प्राप्त इन्ट्रीहरूमध्ये प्रत्येक प्रदेशबाट एक–एक जना भाग्यशाली विजेता चयन गरी उहाँहरूलाई विशेष भ्यालेन्टाइन डिनरको अवसर प्रदान गरिएको थियो।
प्रदेशगत विजेताहरूमा बिशाल माझी (बागमती, चाबहिल), चन्दा श्रेष्ठ बस्नेत (कोशी, बिर्तामोड), सीता कुमारी तामाङ (मधेश, बर्दिबास), अब्दुल अजीज खान पठान (लुम्बिनी, नेपालगञ्ज), शालिभान बोहरा (सुदूरपश्चिम, धनगढी), अनीता रास्कोटी (कर्णाली, सुर्खेत) र अशोक कुमार दर्जी (गण्डकी, पोखरा) रहेका छन्। यसैगरी, कुमारिपाटीका श्री देवराज स्याङ्बोले ग्रान्ड प्राइजस्वरूप काठमाडौंस्थित एक प्रिमियम होटलमा विलासी ‘स्टेकेसन’ जित्दै आफ्नो भ्यालेन्टाइन उत्सवलाई अविस्मरणीय बनाएका छन्।
शोरूमका कार्यक्रमसँगै यामाहाले देशका प्रमुख सहरहरूमा हाइ-इनर्जी मल एक्टिभेसन कार्यक्रम पनि आयोजना गरेको थियो। बानेश्वरस्थित आइप्लेक्स मल र सामाखुसीस्थित सिटी स्क्वायर मलमा आयोजित कार्यक्रमहरूमा इन्टरएक्टिभ पजल गेम, फ्ल्यासमब, लाइभ होस्टिङ तथा इन्स्ट्यान्ट गिफ्ट ह्याम्पर जस्ता आकर्षक गतिविधिहरू समावेश थिए। यी कार्यक्रमले युवादेखि परिवारसम्म सबैलाई आकर्षित गर्दै भ्यालेन्टाइनको उत्साह फैलाएको थियो।
यामाहा मायासँग मायाको यात्रा” अभियान मार्फत यामाहा नेपालले प्रेम, मनोरञ्जन र ग्राहक सम्मानलाई एउटै उत्सवमा समेट्न सफल भएको बताएको छ। यस अभियानले ग्राहकहरूको अनुहारमा मुस्कान ल्याउनुका साथै देशभरका समुदायसँग ब्रान्डको सम्बन्ध अझ सुदृढ बनाएको जनाएको छ। यस वर्षको भ्यालेन्टाइन सप्ताह सबैका लागि सम्झनायोग्य बनेको छ।
एमएडब्लू राइड्स प्रा। लि। अन्तर्गत सञ्चालित यामाहा नेपाल इनोभेसन, उत्कृष्ट प्रदर्शन र भरपर्दोपनको क्षेत्रमा अग्रणी ब्रान्डका रूपमा स्थापित रहेको बताइएको छ। कम्पनीका अनुसार, नेपाली ग्राहकलाई जापानी प्रविधि र आकर्षक डिजाइनको संयोजन भएका विश्वस्तरीय दुईपाङ्ग्रे सवारी साधन उपलब्ध गराउँदै आएको यामाहा नेपालले देशव्यापी सशक्त डिलर नेटवर्क मार्फत उन्नत प्रविधि, चालक–केन्द्रित सुरक्षा तथा भरपर्दो आफ्टर सेल्स सपोर्ट प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
सम्बन्धित समाचार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ओमोडा जेइकू एनपीएल सिजन ३ को “पावर्ड बाइ” प्रायोजकमा आबद्ध
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
भक्तपुरमा बीवाईडीको नयाँ सर्भिस सेन्टर सञ्चालनमा, डल्लुमा पनि सेवा विस्तारका लागि निर्माण सुरु
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
