• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० जेठ २०८३, आइतबार
१० जेठ २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
  • ७ घण्टा 

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन
  • ७ घण्टा 

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १० घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १० घण्टा 

स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक
  • १ दिन 

ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह
  • १ दिन 

गर्मी र उकुसमुकुसबाट राहत : ब्ल्याकंडेकरका जुसर र ब्लेन्डरसँग घरमै तयार गर्नुहोस् ताजा र स्वस्थकर जुस
  • १ दिन 

लोकप्रिय समाचार

  • १. महामेला एक्सचेन्ज कार्निभलमा सीजी मोटर्सले सार्वजनिक गर्यो विशेष अफर

  • २. ज्येष्ठ नागरिक, अपाङ्ग र अशिक्षितलाई बैंकिङ सेवामा प्राथमिकता दिन राष्ट्र बैंकको आग्रह

  • ३. सातै प्रदेशका विद्यार्थीले ‘एनसेल एसईई छात्रवृत्ति’ पाउने

  • ४. पाँचथरमा जिप दुर्घटना हुदाँ चालकको मृत्यु

  • ५. माइडियाको नयाँ डबल डोर रेफ्रिजेरेटर सार्वजनिक : आधुनिक जीवनशैलीलाई सहज बनाउने स्मार्ट साथी

  • ६. अब बैंक कर्मचारीलाई राहत : अतिरिक्त काम गरे ‘ओटी’, जबरजस्ती ओभरटाइम गराउन नपाइने

  • ७. नेपाल इन्जिनियरिङ कलेजमा करियर सशक्तिकरण सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न

  • ८. ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्रक व्यवसायी महासंघको सरकारलाई आग्रह, सडक–पुल संरचनामा जोखिम बढेको निष्कर्ष

  • ९. स्मार्ट जीवनका नयाँ साथी : साओमी ट्याग र रेड्मी हेडफोन नियो सार्वजनिक

  • १०. ‘गर्मी बढ्दै छ, तर भान्साको चिन्ता होइन!’ : नेपालीहरूको ‘चिसो साथी’ बन्दै सीजी का ४४ मोडलका रेफ्रिजरेटरहरू

यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट

जानकारी केन्द्र २०८२, फाल्गुन, १०

काठमाडौं । यामाहा नेपालले १४ फेब्रुअरीका दिन आफ्नो ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। यस कार्यक्रममा उत्साही यामाहा राइडरहरू सहभागी भई रमाइलो र सम्झनलायक यात्रा गरेका थिए। राइड यामाहा नक्साल शोरुमबाट सुरु भई रमणीय जर्सिङपौवा तर्फ अगाडि बढेको थियो। कार्यक्रममा यामाहा एम टी १५ र आर टी १५ मोडेलका ३५ जना राइडरहरूको सहभागिता रहेको थियो, जसले नेपालमा बढ्दै गएको यामाहा राइडिङ समुदायलाई झल्काएको जनाइएको छ ।

यो राइड केवल यात्रा मात्र नभई सिक्ने, सम्बन्ध विस्तार र मोटरसाइकल यात्राको भावना मनाउने अवसर पनि रहेको बताइएको छ। कार्यक्रममा दुई विशेष पाहुनाको उपस्थिति रहेको थियो, जसले ब्लु स्ट्रिक्स समुदायसँगै राइड गरेका थिए ।

वर्षा बस्नेत, आर १५० सिसी वर्गमा रेस नारी २०२५ की विजेता तथा सोही वर्गमा ६ पटक विजेता भइसकेकी प्रतिभाशाली महिला रेसर, कार्यक्रममा सहभागी भइन्। उनी नेपाली रेसिङ क्षेत्रमा प्रेरणादायी महिला राइडरमध्ये एक हुन्। साथै, नेपाल रोड रेसिङ च्याम्पियनसिपको राष्ट्रिय वर्गमा दुई पटक विजेता बनेका हरि पौडेल पनि राइडमा सहभागी भएका थिए ।

कार्यक्रमको अन्तरक्रिया सत्रमा दुवै रेसिङ च्याम्पियनले आफ्ना अनुभव साझा गरेका थिए। उनीहरूले आफ्नो राइडिङ यात्रा, सामना गरेका चुनौतीहरू तथा प्रतिस्पर्धात्मक रेसिङमा सफल हुन आवश्यक अनुशासनबारे जानकारी दिएका थिए। साथै, सहरका सडक, राजमार्ग तथा घुमाउरा मोडहरूमा मोटरसाइकल कसरी सुरक्षित र सही तरिकाले चलाउने भन्ने विषयमा व्यावहारिक सुझाव पनि दिएका थिए। रेस ट्र्याकको अनुभवले सहभागी राइडरहरूलाई मोटरसाइकल नियन्त्रण, सुरक्षा र आत्मविश्वासका विषयमा थप ज्ञान प्रदान गरेको बताइएको छ।

जर्सिङपौवा राइडले यामाहा राइडरहरूबीचको सम्बन्ध अझ बलियो बनाउँदै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गरेको जनाइएको छ। यस्ता सामुदायिक कार्यक्रममार्फत यामाहा नेपालले राइडरहरूलाई जोड्ने, सिक्ने र सँगै अघि बढ्ने अवसर प्रदान गर्दै आएको बताइएको छ। यो कार्यक्रम साहसिक यात्रा, ज्ञान आदान–प्रदान र सामुदायिक भावनाको उत्कृष्ट संयोजन बनेको थियो, जसले सहभागी सबैलाई अविस्मरणीय अनुभव दिएको जनाइएको छ।

यामाहा ब्लु स्ट्रिक्स नेपालमा यामाहाको आधिकारिक राइडर समुदाय हो। यसको उद्देश्य उत्साही यामाहा राइडरहरूलाई एउटै समूहमा जोड्नु रहेको बताइएको छ। यसले यामाहाको रेसिङ भावना, उत्कृष्ट प्रदर्शन र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रतिनिधित्व गर्छ। ब्लु स्ट्रिक्स केवल राइडिङ समूह मात्र होइन, यो यामाहा राइडरहरूको भाइचारा समेत रहेको जनाइएको छ। सदस्यहरूले सामूहिक राइड, सुरक्षा सचेतना कार्यक्रम, ब्रान्ड कार्यक्रम, र सामाजिक गतिविधिहरूमा नियमित रूपमा सहभागी रहेको बताइएको छ ।

एमएडब्लु राइड्स प्रा. लि. अन्तर्गत सञ्चालन हुँदै आएको यामाहा नेपाल नवप्रवर्तन, उत्कृष्ट कार्यसम्पादन र भरपर्दोपनका लागि परिचित अग्रणी ब्रान्ड रहेको कम्पनीको दाबी रहेको छ। यसले जापानी प्रविधि र आकर्षक डिजाइनको संयोजनसहित विश्वस्तरीय दुईपाङ्ग्रे सवारीसाधन नेपाली राइडरहरूलाई प्रदान गर्दै आएको बताइएको छ। देशभर फैलिएको सुदृढ बिक्रेता सञ्जाल र स्थानीय आवश्यकताको गहिरो बुझाइका साथ यामाहा नेपाल उन्नत प्रविधि, राइडर–केन्द्रित सुरक्षा र भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाइएको छ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • यामाहा नेपाल
  • यामाहा ब्लु स्ट्रिक्स
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन
कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

ताजा

सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४५३ चालक कारवाहीमा, ११ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन

कालंगा हाइड्रोको आईपीओमा २ अर्बभन्दा बढी आवेदन

२०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.