यामाहा ब्लु स्ट्रिक्सको जर्सिङपौवा राइडमा ३५ जना राइडर सहभागी, रेसिङ च्याम्पियनसँग विशेष भेटघाट
काठमाडौं । यामाहा नेपालले १४ फेब्रुअरीका दिन आफ्नो ब्लु स्ट्रिक्स समुदायका लागि विशेष राइड कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ। यस कार्यक्रममा उत्साही यामाहा राइडरहरू सहभागी भई रमाइलो र सम्झनलायक यात्रा गरेका थिए। राइड यामाहा नक्साल शोरुमबाट सुरु भई रमणीय जर्सिङपौवा तर्फ अगाडि बढेको थियो। कार्यक्रममा यामाहा एम टी १५ र आर टी १५ मोडेलका ३५ जना राइडरहरूको सहभागिता रहेको थियो, जसले नेपालमा बढ्दै गएको यामाहा राइडिङ समुदायलाई झल्काएको जनाइएको छ ।
यो राइड केवल यात्रा मात्र नभई सिक्ने, सम्बन्ध विस्तार र मोटरसाइकल यात्राको भावना मनाउने अवसर पनि रहेको बताइएको छ। कार्यक्रममा दुई विशेष पाहुनाको उपस्थिति रहेको थियो, जसले ब्लु स्ट्रिक्स समुदायसँगै राइड गरेका थिए ।
वर्षा बस्नेत, आर १५० सिसी वर्गमा रेस नारी २०२५ की विजेता तथा सोही वर्गमा ६ पटक विजेता भइसकेकी प्रतिभाशाली महिला रेसर, कार्यक्रममा सहभागी भइन्। उनी नेपाली रेसिङ क्षेत्रमा प्रेरणादायी महिला राइडरमध्ये एक हुन्। साथै, नेपाल रोड रेसिङ च्याम्पियनसिपको राष्ट्रिय वर्गमा दुई पटक विजेता बनेका हरि पौडेल पनि राइडमा सहभागी भएका थिए ।
कार्यक्रमको अन्तरक्रिया सत्रमा दुवै रेसिङ च्याम्पियनले आफ्ना अनुभव साझा गरेका थिए। उनीहरूले आफ्नो राइडिङ यात्रा, सामना गरेका चुनौतीहरू तथा प्रतिस्पर्धात्मक रेसिङमा सफल हुन आवश्यक अनुशासनबारे जानकारी दिएका थिए। साथै, सहरका सडक, राजमार्ग तथा घुमाउरा मोडहरूमा मोटरसाइकल कसरी सुरक्षित र सही तरिकाले चलाउने भन्ने विषयमा व्यावहारिक सुझाव पनि दिएका थिए। रेस ट्र्याकको अनुभवले सहभागी राइडरहरूलाई मोटरसाइकल नियन्त्रण, सुरक्षा र आत्मविश्वासका विषयमा थप ज्ञान प्रदान गरेको बताइएको छ।

जर्सिङपौवा राइडले यामाहा राइडरहरूबीचको सम्बन्ध अझ बलियो बनाउँदै सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रोत्साहन गरेको जनाइएको छ। यस्ता सामुदायिक कार्यक्रममार्फत यामाहा नेपालले राइडरहरूलाई जोड्ने, सिक्ने र सँगै अघि बढ्ने अवसर प्रदान गर्दै आएको बताइएको छ। यो कार्यक्रम साहसिक यात्रा, ज्ञान आदान–प्रदान र सामुदायिक भावनाको उत्कृष्ट संयोजन बनेको थियो, जसले सहभागी सबैलाई अविस्मरणीय अनुभव दिएको जनाइएको छ।
यामाहा ब्लु स्ट्रिक्स नेपालमा यामाहाको आधिकारिक राइडर समुदाय हो। यसको उद्देश्य उत्साही यामाहा राइडरहरूलाई एउटै समूहमा जोड्नु रहेको बताइएको छ। यसले यामाहाको रेसिङ भावना, उत्कृष्ट प्रदर्शन र जिम्मेवार राइडिङ संस्कृतिलाई प्रतिनिधित्व गर्छ। ब्लु स्ट्रिक्स केवल राइडिङ समूह मात्र होइन, यो यामाहा राइडरहरूको भाइचारा समेत रहेको जनाइएको छ। सदस्यहरूले सामूहिक राइड, सुरक्षा सचेतना कार्यक्रम, ब्रान्ड कार्यक्रम, र सामाजिक गतिविधिहरूमा नियमित रूपमा सहभागी रहेको बताइएको छ ।
एमएडब्लु राइड्स प्रा. लि. अन्तर्गत सञ्चालन हुँदै आएको यामाहा नेपाल नवप्रवर्तन, उत्कृष्ट कार्यसम्पादन र भरपर्दोपनका लागि परिचित अग्रणी ब्रान्ड रहेको कम्पनीको दाबी रहेको छ। यसले जापानी प्रविधि र आकर्षक डिजाइनको संयोजनसहित विश्वस्तरीय दुईपाङ्ग्रे सवारीसाधन नेपाली राइडरहरूलाई प्रदान गर्दै आएको बताइएको छ। देशभर फैलिएको सुदृढ बिक्रेता सञ्जाल र स्थानीय आवश्यकताको गहिरो बुझाइका साथ यामाहा नेपाल उन्नत प्रविधि, राइडर–केन्द्रित सुरक्षा र भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाइएको छ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
