नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को स्टल बुकिङ खुल्ला
काठमाडौं । आगामी चैत ११ देखि १५ सम्म पोखरामा हुने वाडा अटो शो २०२६ को लागि स्टल बुकिङ खुल्ला गरिएको छ । पोखरा लेकसाइड, तालबाराही चोकस्थित खेल मैदानमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) द्वारा नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६ को आयोजना गरिने भएको बताइएको छ ।
पहिलो संस्करणको अपार सफलता पछि, सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकास तर्फ सवारी धनी, सम्भावित ग्राहक एवं आम सर्वसाधारणको रुचिलाई ध्यानमा राखी पर्यटकीय राजधानी सुन्दर नगरी पोखरामा दोस्रो पल्ट उक्त अटो शो हुन लागेको जनाइएको छ ।
सम्पूर्ण साना, मझौला तथा ठूला सवारी साधन, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर तथा अन्य सबै सरोकारवाला व्यवसायी कम्पनीहरूलाई सहभागी हुन आवहान गर्दै आज अर्थात फागुन १२ गते देखि १९ गते सम्म प्रदर्शनीका लागि स्टल बुकिङ खुल्ला गरिएको वाडाले जनाएको छ ।
प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिले गर्नेछ भने स्टल बुकिङका लागि इच्छुक कम्पनी र संस्थाहरूले eventsgems@gmail.com वा ९८०१५४१५३८ मा सम्पर्क गरी जानकारी लिन सक्ने बताइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
