• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३१ असार २०८३, बुधबार
३१ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पर्सामा चट्याङ पर्दा सात जना घाइते
  • ७ घण्टा 

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
  • ७ घण्टा 

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान
  • ७ घण्टा 

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल
  • १९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना
  • २१ घण्टा 

२०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

विश्व प्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड’ जितेको चेरी क्यू नेपाली बजारमा,नाइमा मोबिलिटि एक्स्पो २०२६ मा सार्वजनिक हुने
  • १ दिन 

प्रोटोन इ.मास ५ को बुकिङ खुला : ग्राहकले अपेक्षित विशेष मूल्यमै खरिद गर्न सक्ने
  • २ दिन 

एनआईसी एशिया बैंकको ४५ हजार कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने

  • २. २०८३ असार २७ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

  • ४. पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

  • ५. ११ महिनामा निर्यात बढ्यो, तर व्यापार घाटा १६ खर्ब नाघ्यो

  • ६. देशभर मनसुनी वायूको प्रभाव : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

  • ७. नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा

  • १०. अब मोबाइल एपबाटै बैंक खाता बन्द गर्न सकिने, राष्ट्र बैंकको नयाँ निर्देशन

‘कोडिङ किक्सस्टार्ट ३.०’ सम्पन्न, तीन विजेता टिमलाई ३ लाख पुरस्कार

जानकारी केन्द्र २०८२, फाल्गुन, १३

काठमाडौं । नेपालको सबैभन्दा ठूलो विद्यार्थी कोडिङ प्रतियोगिता ‘कोडिङ किक्सस्टार्ट ३.०’ काठमाडौंमा सम्पन्न भएको छ। मेरो कोडिङ क्लासले आयोजना गरेको यस राष्ट्रियस्तरको प्रतियोगितामा तीन विजेता टिमलाई कुल रु. ३,००,००० (तीन लाख रुपैयाँ) नगद पुरस्कार वितरण गरिएको छ, जसमा प्रत्येक विजेताले रु. १,००,००० (एक लाख रुपैयाँ) प्राप्त गरेका छन्।

देशभरका विद्यालयबाट ७९ टिमले सहभागिता जनाएको यस प्रतियोगितामा मंसिर महिनादेखि नै विभिन्न चरणका छनोट प्रक्रिया सञ्चालन गरिएको थियो। कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूका लागि तीन तीनवटा विधामा सम्पन्न गरिएको थियो ।

प्रतियोगितामा देशभरका विद्यालयबाट ७९ टिम सहभागी थिए । कक्षा ३ देखि १० सम्मका विद्यार्थी लक्षित प्रतियोगिता ब्लक बेस्ड कोडिङ (कक्षा ३–५), एप डेभलपमेन्ट (कक्षा ६–७) तथा रोबोटिक्स र आइओटी (कक्षा ८–१०) गरी तीन विधामा सञ्चालन गरिएको थियो । मंसिर महिनादेखि शुरू भएको छनोट प्रक्रियाबाट २४ उत्कृष्ट टिम फाइनल चरणमा प्रवेश गरेका थिए ।

फाइनल चरणमा दुई तहको मूल्यांकन गरिएको थियो । पहिलो चरणमा विज्ञ निर्णायक समितिसमक्ष टिमहरूले आफ्ना प्रोजेक्ट प्रस्तुत गरेका थिए भने दोस्रो चरणमा ५०० भन्दा बढी आगन्तुक सहभागी सार्वजनिक प्रदर्शनीमार्फत दर्शकको मतसमेत समेटिएको थियो ।

प्रतियोगितामा ब्लक बेस्ड कोडिङ विधामा ग्लोबल पाठशाला, एप डेभलपमेन्टमा दरबार हाई स्कूल र रोबोटिक्स तथा आइओटी विधामा ज्ञानोदय बाल बाटिका उच्च माध्यमिक विद्यालय विजेता बने । विशेषगरी सरकारी विद्यालय दरबार हाई स्कूलको सफलतालाई सार्वजनिक शिक्षामा रहेको प्राविधिक क्षमताको उदाहरणका रूपमा आयोजकले उल्लेख गरेको छ ।

मेरो कोडिङ क्लासका प्रमुख कार्यकारी अधिकृत सबिन कार्कीले भने,-“फागुन २ मा हामीले नेपाली शिक्षाको भविष्य देख्यौं र यो भविष्य अत्यन्तै उज्ज्वल छ। केवल अवसरको खाँचो हुन्छ। हामीले यस प्रतियोगितामा ७,९०० घण्टा निःशुल्क प्रशिक्षण प्रदान गर्यौं किनभने हामी विश्वास गर्छौं कि हरेक नेपाली बालबालिका, चाहे जुनसुकै पृष्ठभूमिको होस्, कोड गर्न सक्छन्, सिर्जना गर्न सक्छन्, र भविष्यको नेतृत्व गर्न सक्छन्। रु. ३ लाख पुरस्कारको यो लगानी केवल पैसा होइन – यो नेपालका युवा प्रतिभामा हाम्रो विश्वासको प्रतीक हो।”

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई पाठ्यपुस्तकभन्दा बाहिरका प्राविधिक सीप प्रदर्शन गर्ने राष्ट्रिय मञ्च प्रदान गर्नुका साथै सानै उमेरदेखि समस्या समाधान क्षमता, सिर्जनशील सोच र डिजिटल निर्माण सीप विकास गराउनु हो । यस पहलले विद्यार्थीलाई प्रविधिको उपभोक्ता होइन, सिर्जनाकर्ता बन्न प्रेरित गर्ने लक्ष्य राखिएको छ ।

प्रतियोगिताको विशेष पक्षका रूपमा, सबै दर्ता गरिएका प्रतिभागीहरूलाई १० घण्टाको नि:शुल्क प्रशिक्षण सत्र प्रदान गरिएको थियो। यस पहलमार्फत प्रत्येक टिमका ३ सदस्यलाई आधारभूत देखि उन्नत स्तरसम्मको तालिम दिइयो, जसमार्फत कुल ७,९०० प्रशिक्षण घण्टा सम्पन्न भए। यस प्रशिक्षणले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि, व्यावहारिक सीप विकास र प्रोजेक्ट कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेलेको थियो।

सानो उमेरमै विद्यार्थीहरूले प्रदर्शन गरेको उत्कृष्ट प्रस्तुतीकरण कौशल, नवप्रवर्तनशील विचार र आत्मविश्वासपूर्ण सम्प्रेषणले उपस्थित सबैलाई प्रभावित पारेको थियो। विद्यार्थीहरूले निर्णायकहरूका प्रश्नहरूको सटीक उत्तर दिँदै आफ्नो प्रोजेक्टको प्राविधिक र सामाजिक महत्व स्पष्ट रूपमा प्रस्तुत गरेका थिए।

मेरो कोडिङ क्लास प्रा.लि. विद्यालयस्तरका विद्यार्थीहरूलाई संरचित कोडिङ तथा प्रविधि शिक्षा प्रदान गर्ने नेपालको अग्रणी संस्था हो । यस संस्थाले Shark Tank Nepal सिजन १ मा Cabinet Shrestha (अग्नि ग्रुप) र Hem Raj Dhakal  (आईएमई ग्रुप) बाट लगानी प्राप्त गरेपछि राष्ट्रिय स्तरमा विशेष पहिचान बनाएको बताइएको छ।

सन् २०२१ देखि सञ्चालनमा रहेको यस संस्थाले हालसम्म ४,५०० भन्दा बढी विद्यार्थीलाई तालिम प्रदान गरिसकेको छ भने देशभरका ३५ भन्दा बढी विद्यालयसँग सहकार्य गर्दै कोडिङ, रोबोटिक्स तथा एआई सम्बन्धी संरचित शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।

  • jankari kendra
  • jankarikendra
  • jankarikendra news
  • कोडिङ किक्सस्टार्ट ३.०
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पर्सामा चट्याङ पर्दा सात जना घाइते
साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती
चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

ताजा

पर्सामा चट्याङ पर्दा सात जना घाइते

साउनमा बैंक निक्षेपको ब्याजदर घट्यो, राष्ट्रिय वाणिज्य बैंकले गर्यो सबैभन्दा बढी कटौती

चिनियाँ समानप्रति भारतीयको मोह अत्याधिक, ६ महिनामा किने ६७.१ अर्ब डलरको समान

यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.