छुटाउन नहुने अवसर ! स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ खुला
काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर निष्काशन गरेको जनाएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड बाट अनुमति प्राप्त गरेको हो। कुल निष्काशनमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ भने ८२ हजार ५०० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको बताइएको छ।
आयोजना प्रभावित क्षेत्रअन्तर्गत दोलखा जिल्लाको बिगु नगरपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइनेछ। स्थानीय बासिन्दाका लागि आवेदन छिटोमा फागुन २७ गते र ढिलोमा चैत १३ गतेसम्म खुला रहनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा फागुन १७ गतेदेखि ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीको निष्काशनमा गरिएको रेटिङअनुसार केयर रेटिङ्ग नेपाल ले “केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग” प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको बताइएको छ।
स्थानीय बासिन्दाहरूले बिक्री प्रबन्धक कार्यालयका साथै कालिन्चोक हाइड्रोपावरको कार्यालय, बिगु गाउँपालिका–८, नेपाल बैंक लिमिटेड, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक को सिङ्गटी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। कम्पनीले तोकिएको समयसीमाभित्र आवेदन दिन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

