आज तराईमा हर्षोल्लासका साथ होली मनाइँदै
काठमाडौं । आज मंगलबार देशका तराई जिल्लाहरूमा रङ्गहरूको पर्व होली (फागु) हर्षोल्लासका साथ मनाइँदैछ। पहाडी तथा हिमाली जिल्लाहरूमा सोमबार मनाइएको होलीको भोलिपल्ट तराईमा परम्पराअनुसार पर्व मनाउने गरिन्छ।
वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वलाई मित्रता, आत्मीयता, सामीप्यता र सद्भावको प्रतीकका रूपमा लिइन्छ। होलीका अवसरमा साथीसंगी र आफन्तहरू भेला भई एकअर्कामा रङ दलेर खुसी साटासाट गर्ने परम्परा छ।
होलीमा प्रयोग गरिने रङहरूको आफ्नै सांस्कृतिक महत्व रहेको छ। नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान विष्णु तथा श्रीकृष्ण को प्रिय रङ मानिन्छ। गणेश लाई सबै रङ मन पर्ने विश्वास छ भने रातो रङलाई शक्ति र सौभाग्यको सूचकका रूपमा लिइन्छ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा विष्णुभक्त प्रह्लादलाई मार्न उनका पिता हिरण्यकश्यपले विभिन्न प्रयास गर्दा असफल भएपछि आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्दा प्रह्लाद सुरक्षित रहे भने होलिका स्वयं जलेर नष्ट भइन्। यस घटनालाई असत्यमाथि सत्यको विजयका रूपमा स्मरण गर्दै होली पर्व मनाउने परम्परा रहिआएको छ।
होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ। सुरक्षा निकायले पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन सबैमा आग्रह गरेका छन्।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
