आज तराईमा हर्षोल्लासका साथ होली मनाइँदै
काठमाडौं । आज मंगलबार देशका तराई जिल्लाहरूमा रङ्गहरूको पर्व होली (फागु) हर्षोल्लासका साथ मनाइँदैछ। पहाडी तथा हिमाली जिल्लाहरूमा सोमबार मनाइएको होलीको भोलिपल्ट तराईमा परम्पराअनुसार पर्व मनाउने गरिन्छ।
वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वलाई मित्रता, आत्मीयता, सामीप्यता र सद्भावको प्रतीकका रूपमा लिइन्छ। होलीका अवसरमा साथीसंगी र आफन्तहरू भेला भई एकअर्कामा रङ दलेर खुसी साटासाट गर्ने परम्परा छ।
होलीमा प्रयोग गरिने रङहरूको आफ्नै सांस्कृतिक महत्व रहेको छ। नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ भने पहेँलो रङ भगवान विष्णु तथा श्रीकृष्ण को प्रिय रङ मानिन्छ। गणेश लाई सबै रङ मन पर्ने विश्वास छ भने रातो रङलाई शक्ति र सौभाग्यको सूचकका रूपमा लिइन्छ।
पौराणिक मान्यताअनुसार सत्ययुगमा विष्णुभक्त प्रह्लादलाई मार्न उनका पिता हिरण्यकश्यपले विभिन्न प्रयास गर्दा असफल भएपछि आगोबाट नजल्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्दा प्रह्लाद सुरक्षित रहे भने होलिका स्वयं जलेर नष्ट भइन्। यस घटनालाई असत्यमाथि सत्यको विजयका रूपमा स्मरण गर्दै होली पर्व मनाउने परम्परा रहिआएको छ।
होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजनिक बिदा दिएको छ। सुरक्षा निकायले पर्वलाई शान्तिपूर्ण र मर्यादित रूपमा मनाउन सबैमा आग्रह गरेका छन्।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

