निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध
काठमाडौं । नेपालमा सञ्चालित वाणिज्य तथा विकास बैंकहरूले आगामी प्रतिनिधिसभा निर्वाचनको दिन (फागुन २१) बाहेकका सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउने भएका छन्।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत देशका विभिन्न स्थानमा रहेका शाखा र काउण्टर खुला राख्ने जानकारी दिएका छन्। यस अनुसार, फागुन २० र २२ गते बैंकहरूले नगद काउन्टर, आइपीएस, क्लियरीङ र अन्य अत्यावश्यक सेवा उपलब्ध गराउने छन्।
बैंकहरूले आफ्ना ग्राहकहरूलाई डिजिटल माध्यमबाट कारोबार गर्न आग्रह गरेका छन्। निर्वाचन आयोगको अनुरोधमा, राजनीतिक दल र उम्मेदवारहरूको नगद वा चेक भुक्तानीसम्बन्धी बैंकिङ सेवा पनि जारी रहने बताइएको छ।
निर्वाचन आयोगको २०८२ फागुन १९ गतेको निर्णयअनुसार उम्मेदवार र दलहरूको आर्थिक कारोबारलाई सहज बनाउन तथा सरकारी राजस्व र भुक्तानी प्रक्रिया रोक्न नदिने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।







सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

