एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारी साधनको आधिकारिक आयातकर्ता तथा वितरक एमएडब्लु वृद्धि मोटर्स प्रा. लि.ले नामी बक्स र नामी भिगोका लागि ‘एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रम’ सार्वजनिक गरेको छ।
डोङफेङका इभी सवारी साधनहरूमा ब्याट्री र मोटरमा ८ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले आउँछ) को स्ट्यान्डर्ड उत्पादक वारेन्टी उपलब्ध रहेको बताइएको छ। कम्पनीका अनुसार, अब एमएडब्लु वृद्धिको एक्टेन्डेड वारेन्टी कार्यक्रम मार्फत ग्राहकहरूले ब्याट्री र मोटरमा कुल ११ वर्ष वा २,५०,००० किलोमिटर (जुन पहिले आउँछ) सम्मको वारेन्टी कभरेज प्राप्त गर्नेछन्। यसले ईभी स्वामित्वलाई अझ बढी ढुक्क र चिन्तामुक्त बनाउने बताइएको छ।
यो एक्टेन्डेड वारेन्टीले नेपालमा भरपर्दो र ग्राहक-केन्द्रित ईभी इकोसिस्टम निर्माण गर्ने एमएडब्लु वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ।
“हाम्रो हरेक कार्यको केन्द्रमा ग्राहकहरू हुनुहुन्छ,” एमएडब्लु वृद्धि मोटर्सका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने। “यो एक्टेन्डेड वारेन्टी नामीका ग्राहकहरूका लागि थप मानसिक शान्ति, स्वामित्वको आत्मविश्वास र सुरक्षित ईभी अनुभव सुनिश्चित गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम हो।”
डोङफेङ मोटर कर्पोरेशन चीनको प्रतिष्ठित “बिग फोर” सरकारी स्वामित्वका अटोमोबाइल निर्माताहरू मध्ये एक रहेको बताइएको छ। सन् १९६९ मा स्थापना भएको यस कम्पनीसँग पाँच दशकभन्दा बढीको उद्योग अनुभव छ। कम्पनीका अनुसार, ‘गुणस्तर, बौद्धिकता र सद्भाव’ को मुख्य मूल्यहरूद्वारा निर्देशित डोङफेङले विश्वका १०० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। डोङफेङ फर्च्युन ग्लोबल ५०० कम्पनीको रूपमा समेत चिनिन्छ।ग्राहकहरूले एमएडब्लु वृद्धि एक्टेन्डेड वारेन्टी कार्यक्रमका लागि डोङफेङ नेपालको आधिकारिक वेबसाइट मार्फत दर्ता गर्न सक्नेछन्।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?