कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। यद्यपि, पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ। मधेस प्रदेशका तराईका केही स्थानमा पनि मुख्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ।
त्यसैगरी बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ। गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली रहनेछ।
लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ। कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहनेछ। यसैगरी सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा पनि मुख्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
